१४ कार्तिक २०८२, शुक्रबार / 31 October 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंजमा “ZEN Z युवा कमिटी” औपचारिक रूपमा गठन, मुराद आलम ठकुराई संयोजक

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१४ कार्तिक २०८२

    बिरगंज १४ कार्तिक जेन जि (ZEN Z) आन्दोलनका क्रममा वीरगंजका सहिद अशाब आलमको बलिदानको स्मृतिमा बिरगंजस्थित माल्ट होटलमा सम्पन्न एक विशेष बैठकले “ZEN Z बिरगंज युवा कमिटी” औपचारिक रूपमा गठन गरेको छ। बैठकले सहिद अशाब आलमका भाइ मुराद आलम ठकुराईलाई संयोजक र आन्दोलनकै क्रममा गम्भीर घाइते भएका रेयाजुल हकलाई उप–संयोजक नियुक्त गरेको छ। यससँगै बिरगंज महानगरलाई केन्द्र बनाउँदै १०० सदस्यीय युवा कमिटी गठन गरिएको घोषणा गरिएको छ। नवगठित समितिका प्रमुख पदाधिकारी र सदस्यहरू यसप्रकार छन् संयोजक : मुराद आलम ठकुराई,उप–संयोजक : रेयाजुल हक,सदस्यहरू : सागर यादव, ग्यानेन्द्र मण्डल, चन्दन महतो, वासिम सेख, निरज जोशी, अनिश कुमार पटेल, समीर अन्सारी लगायत १०० जना युवाहरू चयन गरिएको बैठकमा जानकारी दिइयो। बैठकमा सहभागिता जनाएका वक्ताहरूले जेन जि आन्दोलनका शहीदहरूको बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको नेतृत्वमा देशमा परिवर्तन, पारदर्शिता र उत्तरदायी राजनीतिक संस्कृति स्थापना गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा युवा कमिटीसँगै ZEN Z सल्लाहकार समिति पनि गठन गरिएको छ। सो समितिमा महादेव प्रसाद कुर्मी, सञ्जय श्रेष्ठ, राहुल रौनियार लगायत ७ सदस्यीय टोली रहेको छ। त्यस्तै, आन्दोलनका गतिविधिहरूलाई समन्वय र सुदृढ बनाउने उद्देश्यले ZEN Z समन्वय समिति पनि गठन गरिएको छ, जसमा सुधिर पटेल, बिरेन्द्र कान्त, रन्दिप श्रीवास्तव, जयशंकर यादव र अमन आलम सदस्य रहेका छन्। बैठकमा बोल्दै संयोजक मुराद आलम ठकुराईले भने हाम्रा सहिदको बलिदान व्यर्थ जान दिन्नौं। ZEN Z आन्दोलनको उद्देश्य देशमा न्याय, समानता र स्थायि त्वको नयाँ आधार तयार गर्नु हो। उप–संयोजक रेयाजुल हकले भने बिरगंजका युवाहरू परिवर्तनको अग्रपंक्तिमा उभिन तयार छन्। हाम्रो अभियान कुनै दल विशेषको नभई देश र जनताको पक्षमा हुनेछ। कार्यक्रममा उपस्थित युवा सहभागीहरूले ZEN Z आन्दोलनलाई संगठित, अनुशासित र नीति–आधारित अभियानका रूपमा अघि बढाउने संकल्प व्यक्त गरे। बैठकको अन्त्यमा संयोजक मुराद आलम ठकुराईले सबै युवा, नागरिक र समाजका सचेत वर्गलाई देशमा नयाँ राजनीतिक दिशा निर्माणका लागि हातेमालो गर्न आह्वान गरेका थिए।

    ताजा सूचना

    • बिरगंजमा समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न
    • जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निकिता मिश्राको बिदाई, भावनात्मक माहोलमा सम्पन्न
    • बिरगंजमा “ZEN Z युवा कमिटी” औपचारिक रूपमा गठन, मुराद आलम ठकुराई संयोजक
    • समाजको उन्नति महिलाको सहकार्यबिना असम्भव छ : विमल सर्राफ
    • पार्वती तिवारीले भक्ति र सेवाको अनुपम उदाहरण प्रस्तुत गरिन्
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.