१५ फाल्गुन २०८२, शुक्रबार / 27 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्रामपुरमा पुनः सुनिलप्रसाद केशरी: “इमान्दारिताको कुनै विद्यामा पर्दैन्न?” —फिर्ता भएदेखि नै स्थानीय आक्रोशित

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today९ कार्तिक २०८२

     विश्रामपुर, बारा | “कुन विद्यामा अध्ययन गरेका हुन् प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरी, जसमा इमान्दारिता, सदाचार र नैतिकता पर्दैन?” — यही प्रश्न अहिले विश्रामपुर गाउँपालिकामा सर्वत्र घन्किएको छ। एकपटक विवादसहित गाउँपालिका छोडेका प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) सुनिलप्रसाद केसरी पुनः त्यसै ठाउँमा फर्किएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

    Ad
    Ad
    Ad

    स्थानीयहरूको आरोप छ — केशरी यसपालि मन्त्रालयसम्म राजनीतिक पहुँच र भनसुनको बलमा गाउँपालिकामा आएका हुन्, मानौं उनले ठूलो युद्ध जितेर ‘राजगद्दी’ कब्जा गरेका हुन्। कागजमै सीमित कार्यक्रम, कार्यान्वयन शून्य स्थानीय युवाहरूका अनुसार समाजिक क्षेत्रका अन्तर्गत पर्ने महिला सीपमूलक तालिम, युवा सशक्तिकरण, ज्येष्ठ नागरिक र बालबालिका कार्यक्रमहरू सबै कागजमै सीमित छन्। “लेखा परीक्षणको समय नजिकिँदा फाइल तयार हुन्छ, तर कार्यान्वयन शून्य,” युवाहरूको गुनासो छ। त्यस्तै, गाउँपालिकाले हरेक वर्ष लोकसेवा र शिक्षा सेवा तयारीका लागि पाँच–पाँच लाख रुपैयाँ बजेट छुट्याउने गरे पनि कक्षा कहिल्यै सञ्चालन भएको छैन। “कागजमा मात्रै हस्ताक्षर हुन्छ, पैसा बाँडफाँड हुन्छ,” अध्ययनरत विद्यार्थीहरू बताउँछन्।

    Ad
    Ad
    Ad

    💰 ‘कमिसन खोरी’मा छुट्टै पहिचान --  सरकारी कर्मचारीहरूका अनुसार सुनिलप्रसाद केसरीको “कमिसन खोरीमा छुट्टै पहिचान” रहेको चर्चा छ। अघिल्लो कार्यकालमा पनि भागबण्डा नमिलेपछि विवादमा परेर गाउँपालिका छोडेका उनी, फेरि फर्किएपछि स्थानीयवासीहरूमा असन्तोष झनै बढेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ⚠️ युवाहरूको चेतावनी — “अब मौन बस्दैनौं” स्थानीय युवाहरूले अब भ्रष्टाचार, अनियमितता र व्यथितीको विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनहरूको भनाइमा — “जनताको पसिनाबाट तिरेको करले चल्ने गाउँपालिकामा पदाधिकारीहरूले राजगद्दी जस्तै व्यवहार गरेका छन्। यसको सम्पूर्ण जिम्मेवारी गाउँपालिका अध्यक्ष  जुल्फकार अलि भुट्टो (जुबेर भाइ) र प्रमुख प्रशासकीय अधिकृत दुवैले लिनुपर्छ।”

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.