२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छठ पर्वको तयारी अन्तर्गत छपकैया छठघाटमा सरसफाइ अभियान सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today८ कार्तिक २०८२

    वीरगंज, ८ कार्तिक। लोक आस्था र श्रद्धाको महान पर्व छठलाई लक्षित गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा आज बिहान छठघाटमा बृहत सरसफाइ अभियान सञ्चालन गरिएको छ। यस अभियानमा वीरगंज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री महमद रेयाज मियाको सक्रिय नेतृत्व र सहभागिता रहेको थियो

    Ad
    Ad
    Ad

    । सरसफाइ कार्यक्रममा वडा अध्यक्ष मियासँगै सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका संयोजक हाजी डा. ग्यासुदिन मिया ठकुराई, वडा सदस्यहरू, समाजसेवी, स्थानीय बासिन्दा तथा युवाहरूको उल्लेखनीय उपस्थिति थियो। अभियान अन्तर्गत छठघाट तथा आसपासका क्षेत्रहरूमा फोहर व्यवस्थापन, घाँस–झार सफाइ, पानीको निकास सुधार, र घाटको सजावटजस्ता कार्यहरू गरिएका थिए। सहभागीहरूले सामूहिक प्रयासमार्फत घाटलाई स्वच्छ, आकर्षक र भक्तिपूर्ण वातावरणमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए। वडा अध्यक्ष महमद रेयाज मियाले सरसफाइको महत्वबारे सम्बोधन गर्दै भने छठ पर्व हाम्रो धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतीक हो।

    Ad
    Ad
    Ad

    यस पर्वमा स्वच्छता सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले हामी सबै मिलेर घाट सफा र सुरक्षित बनाउन जुटेका हौं। उनीले स्थानीय बासिन्दा, स्वयंसेवक र प्रहरी सेवा केन्द्रलाई धन्यवाद ज्ञापन गर्दै छठ पर्वलाई मर्यादित, स्वच्छ र सफल बनाउन सबैको सक्रिय सहयोग आवश्यक रहेको पनि बताए। अभियानमा सहभागी स्थानीय बासिन्दाहरूले सरसफाइ कार्यप्रति खुशी व्यक्त गर्दै यस्तो पहलले वीरगंजमा धार्मिक स्थलहरूको सौन्दर्य र आस्था दुवैलाई सुदृढ बनाउने बताएका थिए। यसैबीच, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका संयोजक हाजी डा. ग्यासुदिन मिया ठकुराईले पनि आगामी दिनमा यस्ता सामाजिक तथा सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै छठ पर्वको सफलताको शुभकामना दिइएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.