३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनमत नेतृ कंचन गुप्ताको सौजन्यमा वीरगंजमा ब्रतालुलाई साडी र पूजाका सामग्री वितरण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today८ कार्तिक २०८२

    वीरगंज ०८ कार्तिक जनमत पार्टी वीरगंज महानगरपालिका वडा नं. ८ वडा इकाई समितिको आयोजनामा तथा पार्टी जिल्ला सदस्य कंचन गुप्ताको सौजन्यमा आज छठ पर्वको पावन अवसरमा वडा स्तरीय शुभकामना आदानप्रदान तथा सामग्री वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ। कार्यक्रम अन्तर्गत ३१ जना ब्रतालु महिलाहरुलाई साडी, नारिवल र पूजाका सामग्रीहरू उपहार (कोशेली) स्वरूप वितरण गरिएको जनमत पार्टीले जानकारी दिएको छ।

    Ad
    Ad
    Ad

    कार्यक्रममा बोल्दै जनमत पार्टी जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले छठ पर्व केवल धार्मिक आस्थाको पर्व नभई सामाजिक एकता, बैज्ञानिक,सहिष्णुता र सांस्कृतिक पहिचानको प्रतीक भएको उल्लेख गरे। उनीहरूले यस पर्वले समाजमा पारस्परिक सद्भाव, सहयोग र आस्थाको वातावरण सुदृढ गर्ने र मौलिकता तथा प्रकृतिको संरक्षणमा महत्त्वपूर्ण भुमिका यो पर्वको रहेको बताए। कार्यक्रममा जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सदस्य बिध्यलाल प्रसाद, र श्याम गुप्ताको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी वडा इकाई अध्यक्ष रामजी रौनियार, युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह, तथा नेताहरू निरन्जन कुशवाहा, रोहित पटेल लगायतको सक्रिय सहभागिता पनि रहेको थियो। जिल्ला सदस्य कंचन गुप्ताले ब्रतालुहरुलाई सहयोग गर्न पाउनु गर्वको कुरा भएको बताउँदै, जनमत पार्टी सधैं समाज, संस्कार र सेवामूलक कार्यमा अग्रणी रहेको बताइन्। उनले महिला सशक्तीकरण र सांस्कृतिक संरक्षणमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा स्थानीय अगुवा, महिला समूहका प्रतिनिधि, पार्टीका कार्यकर्ता तथा श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूले छठ पर्वको सफल समापनको शुभकामना आदानप्रदान गर्दै एकआपसमा धार्मिक एकता र सौहार्दको सन्देश प्रवाह गरेका थिए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.