१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छठ पर्वको अवसरमा वीरगंज कारागारमा ७५ थान नयाँ साडी वितरण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today८ कार्तिक २०८२

    वीरगंज ०८ कार्तिक हिन्दूहरूको महान पर्व छठको अवसरमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुँगटा वेलफेयर सोसाइटी वीरगंज–पर्साको संयुक्त आयोजनामा वीरगंज कारागारमा विशेष सामाजिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमअन्तर्गत जिल्ला पर्सा, वीरगंज महानगरपालिका–४ स्थित वीरगंज कारागारमा रहेका महिला थुनुवा तथा कैदी दिदीबहिनीहरूलाई नि:शुल्क नयाँ साडी वितरण गरिएको हो। कार्यक्रमको अध्यक्षता ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो। त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा रुँगटा वेलफेयर सोसाइटीवीरगंज–पर्साका अध्यक्ष मुर्लीधर रुँगटा रहनु भएको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारी, आजीवन सदस्य, प्रहरी, समाजसेवी, बुद्धिजीवी, विशिष्ट व्यक्ति र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम वीरगंज महानगरपालिका–४ स्थित कारागारको प्राङ्गणमा सम्पन्न भएको हो।कार्यक्रमका क्रममा ७५ थान नयाँ साडीहरू महिला कैदी र थुनुवा दिदीबहिनीहरूलाई वितरण गरिएको थियो। कार्यक्रमका अध्यक्ष जय प्रकाश खेतानले भने छठ पर्व केवल धार्मिक आस्थाको विषय होइन, यो मानवीय सहयोग र सहानुभूतिको पनि पर्व हो। कारागारभित्र रहेका दिदीबहिनीहरूसँग यो पर्वको खुशी बाँड्न पाउनु हाम्रो लागि गर्वको कुरा हो। त्यस्तै प्रमुख अतिथि मुर्लीधर रुँगताले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने रुँगटा वेलफेयर सोसाइटीले सदैव समाजका विपन्न, असहाय र सहयोग आवश्यक व्यक्तिहरूका लागि यस्ता मानवसेवामूलक कार्य गर्दै आएको छ, र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछ। कार्यक्रम सफल बनाउन ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका सम्पूर्ण सदस्य, प्रहरी समुदाय, र स्वयंसेवकहरूको सक्रिय भूमिका रहेको आयोजक समितिले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.