२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छठ पर्वको अवसरमा वीरगंज कारागारमा ७५ थान नयाँ साडी वितरण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today८ कार्तिक २०८२

    वीरगंज ०८ कार्तिक हिन्दूहरूको महान पर्व छठको अवसरमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुँगटा वेलफेयर सोसाइटी वीरगंज–पर्साको संयुक्त आयोजनामा वीरगंज कारागारमा विशेष सामाजिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमअन्तर्गत जिल्ला पर्सा, वीरगंज महानगरपालिका–४ स्थित वीरगंज कारागारमा रहेका महिला थुनुवा तथा कैदी दिदीबहिनीहरूलाई नि:शुल्क नयाँ साडी वितरण गरिएको हो। कार्यक्रमको अध्यक्षता ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो। त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा रुँगटा वेलफेयर सोसाइटीवीरगंज–पर्साका अध्यक्ष मुर्लीधर रुँगटा रहनु भएको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारी, आजीवन सदस्य, प्रहरी, समाजसेवी, बुद्धिजीवी, विशिष्ट व्यक्ति र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम वीरगंज महानगरपालिका–४ स्थित कारागारको प्राङ्गणमा सम्पन्न भएको हो।कार्यक्रमका क्रममा ७५ थान नयाँ साडीहरू महिला कैदी र थुनुवा दिदीबहिनीहरूलाई वितरण गरिएको थियो। कार्यक्रमका अध्यक्ष जय प्रकाश खेतानले भने छठ पर्व केवल धार्मिक आस्थाको विषय होइन, यो मानवीय सहयोग र सहानुभूतिको पनि पर्व हो। कारागारभित्र रहेका दिदीबहिनीहरूसँग यो पर्वको खुशी बाँड्न पाउनु हाम्रो लागि गर्वको कुरा हो। त्यस्तै प्रमुख अतिथि मुर्लीधर रुँगताले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने रुँगटा वेलफेयर सोसाइटीले सदैव समाजका विपन्न, असहाय र सहयोग आवश्यक व्यक्तिहरूका लागि यस्ता मानवसेवामूलक कार्य गर्दै आएको छ, र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछ। कार्यक्रम सफल बनाउन ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका सम्पूर्ण सदस्य, प्रहरी समुदाय, र स्वयंसेवकहरूको सक्रिय भूमिका रहेको आयोजक समितिले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.