२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today८ कार्तिक २०८२

    वीरगञ्ज ०८ कार्तिक हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको शुभ पावन अवसरमा ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगंज शाखा, वडा नं.–१६, नगवाद्वारा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम कार्तिक ८ गते (शनिबार) श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगंज–१६, नगवाको प्राङ्गणमा सम्पन्न भएको हो।

    Ad
    Ad
    Ad

    कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा वीरगंजका पूर्व मेयर बिजय सरावगी रहेका थिए। कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगंज शाखा वडा नं.–१६ नगवाका अध्यक्ष बिश्वनाथ प्रसाद चौरसियाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सुरेन्द्र कानुले गर्नुभएको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नरेन्द्र तिवारी, महिला वरिष्ठ सदस्य सावित्री भुमियार, जिल्ला अध्यक्ष बैजनाथ महतो लगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले ज्येष्ठ नागरिकहरूको योगदानको प्रशंसा गर्दै समाजमा उनीहरूको अनुभव र मार्गदर्शनले नयाँ पुस्तालाई प्रेरणा दिने बताएका थिए। सो अवसरमा बोल्ने वक्ताहरूले पर्सा जिल्लामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको दाबी गर्दै यसलाई आगामी वर्षहरूमा अझै व्यापक बनाउने प्रतिबद्धता जनाएका थिए।

    Ad
    Ad
    Ad

    कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घका पदाधिकारी, सदस्यहरू, स्थानीय सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान गर्दै छठ पर्वको मंगलमय शुभकामना आदान–प्रदान गरिएको थियो। उक्त अवसरमा उपस्थित अतिथिहरूले छठ पर्वले समाजमा आस्था, एकता र सद्भाव बढाउने सन्देश दिने बताएका थिए।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.