२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज तेक्वान्दो दोजाङका अफताब आलम चीनमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने

    • संजय कुशवाहा संजय कुशवाहा
    • today४ कार्तिक २०८२

    वीरगञ्ज, ४ कार्तिक वीरगञ्ज तेक्वान्दो दोजाङका उत्कृष्ट खेलाडी अफताब आलम (५४ केजी) ले आगामी विश्व तेक्वान्दो च्याम्पियनसिप (G14) मा सहभागी हुन लागेका छन्। उक्त प्रतियोगिता अक्टोबर २४ देखि ३० सम्म चीनको उक्सी (Wuxi) सहरमा आयोजना हुँदैछ। अफताबले यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लागेका हुन्। उनीसँगै नेपाल तेक्वान्दो संघले अन्य खेलाडी र प्रशिक्षकहरुलाई समेत प्रतियोगितामा सहभागी हुनका लागि बिदाइ गरेको छ।संघका अनुसार पुरुष खेलाडीहरुमा सुमित विष्ट (–५८ केजी), आशिष भण्डारी (–७४ केजी), अफ्ताब आलम (–५४ केजी), सुगन श्रेष्ठ (–६८ केजी), अरुण टमाटा (–६३ केजी) र अभिषेक बराल (–८० केजी) रहेका छन् भने महिला खेलाडीहरुमा सन्तोषी राई (–४६ केजी) र ईशा महतो (–४९ केजी) सहभागी हुँदैछन्। प्रशिक्षकको रूपमा सयद हसन रेजा टोलीसँग रहेका छन्। विश्व च्याम्पियनसिपपछि खेलाडीहरु नोभेम्बर २ देखि ४ सम्म चीनमा नै सञ्चालन हुने “विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज (G2)” प्रतियोगितामा समेत सहभागी हुनेछन्। वीरगञ्ज तेक्वान्दो दोजाङका गुरु महमद सकिलले अफताब आलमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै भने हामी सबैलाई गर्व छ कि अफताब आलम जस्तो प्रतिभाशाली खेलाडीले हाम्रो दोजाङ र देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा कदम राख्दैछन्। उहाँको यात्रा सफल होस्, उत्कृष्ट प्रदर्शन होस् र नेपालको नाम उज्जवल पार्नुहोस भन्ने हाम्रो शुभकामना छ। त्यस्तै, अन्तर्राष्ट्रिय खेलाडी महमद वेसले पनि अफताब आलमको सफलतामा खुशी व्यक्त गर्दै सो प्रतियोगिताबारे जानकारी दिएका थिए। नेपाल तेक्वान्दो संघले विश्वास व्यक्त गरेको छ कि यो प्रतियोगिताले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय अनुभव विस्तार गर्ने र देशको खेलकुद स्तरलाई अझ उचाइमा पुर्‍याउनेछ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.