२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गहवा माई मन्दिरमा सरसफाइ अभियान सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today४ कार्तिक २०८२

    वीरगञ्ज, ०४ कार्तिक वीरगञ्ज महानगरपालिका स्थित ऐतिहासिक एवं धार्मिक स्थल गहवा माई मन्दिर प्राङ्गणमा बृहत सरसफाइ अभियान सम्पन्न गरिएको छ। वडा प्रहरी कार्यालय विर्ता तथा हेल्प टुगेदर फाउण्डेशनको संयुक्त पहलमा गरिएको सो अभियानमा स्थानीय वासिन्दा, समाजसेवी, युवा तथा प्रहरीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको नेतृत्व वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीले गरेका थिए।

    Ad
    Ad
    Ad

    उनका नेतृत्वमा गएका प्रहरी जवानहरुले सक्रिय रूपमा सहयोग पुर्‍याएका थिए। भर्खरै मात्र सरुवा भई आएका प्रहरी निरीक्षक सुवेदीको सक्रियता, जनमुखी व्यवहार र समुदायसँगको नजिक सम्बन्धले स्थानीयवासीबीच सकारात्मक सन्देश पुगेको छ। उहाँको कार्यप्रति आम जनमानस सन्तुष्ट र उत्साहित देखिएका छन्। अभियानको अध्यक्षता हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष रिशु कुमार बर्माले गरेका थिए भने कार्यक्रमका प्रमुख सहसंयोजक तथा सल्लाहकार अमर सर्राफ थिए।फाउण्डेशनका सदस्यहरु अर्जुन गुप्ता, अभिनय कुमार, राजा गुप्ता लगायतका सदस्य तथा स्वयंसेवकहरुले मन्दिर वरिपरि रहेका फोहरमैला हटाउँदै सम्पूर्ण परिसरलाई सफा र आकर्षक बनाएका थिए। कार्यक्रमको क्रममा सहभागीहरुले सरसफाइसँगै धार्मिक स्थलको संरक्षण र समुदायिक उत्तरदायित्वबोध सम्बन्धी सन्देशसमेत दिएका थिए।

    Ad
    Ad
    Ad

    उनका अनुसार यस प्रकारका अभियानले “सफा सहर, स्वस्थ जीवन” अभियानलाई बल मिल्ने र स्थानीय जनतामा सरसफाइको महत्त्वबारे सचेतना फैलाउने विश्वास गरिएको छ। हेल्प टुगेदर फाउण्डेशनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सार्वजनिक हितका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। त्यस्तै वडा प्रहरी कार्यालय विर्ताले पनि समुदायसँग सहकार्यमा अपराध नियन्त्रण र सामाजिक सुधारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जानकारी दिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.