२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल पत्रकार महासंघ बाराद्वारा प्रहरी प्रमुख सन्तोष तामाङको कार्यशैलीप्रति कडा आपत्ति

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२ कार्तिक २०८२

    बिरगंज ०२ कार्तिक नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) सन्तोष तामाङका गतिविधिले जिल्लाको पत्रकारिता र शान्ति सुव्यवस्थामा गम्भीर असर पारेको भन्दै उनको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ। महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएको जनाएको छ। महासंघका अनुसार, एसपी तामाङले शान्ति सुव्यवस्था कायम गर्नुभन्दा अवैध धन आर्जन गर्ने अवाञ्छित कार्यमा संलग्न भएको सार्वजनिक सूचनाहरू आएका छन्। यस्ता विषयमा समाचार लेख्ने पत्रकारहरूलाई अनावश्यक निगरानीमा राख्ने, प्रताडित गर्ने र दुश्मनी साँध्ने व्यवहार देखाएकाले जिल्लाको वातावरण बिग्रिने खतरा बढेको महासंघको भनाइ छ। पछिल्लो समय महासंघका अध्यक्ष रमेश सुवेदीलाई एसपी तामाङको तस्करसँगको मिलिभगत सम्बन्धी समाचार लेखेको बदलामा मानसिक प्रताडना दिइएको आरोप लगाइएको छ। सामान्य जाहेरीलाई आधार बनाएर तामाङले अध्यक्ष सुवेदीलाई दुई दिनसम्म मानसिक यातना दिनुका साथै जाहेरीकर्ताको पक्षमा वकालत गरेको महासंघले जनाएको छ। यसै घटनाको विरोधस्वरूप पत्रकारहरूले हालै सम्पन्न ७०औँ प्रहरी दिवस विशेष कार्यक्रममा अनुपस्थित रहँदै सांकेतिक विरोध जनाएका थिए। महासंघले प्रहरी प्रमुखको दम्भपूर्ण र बदलाभाव बोकेको व्यवहारले प्रहरी र पत्रकारबीच अनावश्यक तिक्तता बढाएको ठहर गर्दै, पत्रकारको सुरक्षा र निर्भीक पत्रकारिता गर्न सक्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.