१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रहरी वर्दीको बदनाम खेल! — सिपाही बब्लु ठाकुरको ‘दशैं खर्च’ आतंकले पर्सा त्रसित!

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३० आश्विन २०८२

    पर्सा । जनताको सुरक्षा गर्न बनेको प्रहरी वर्दी जब आतंकको प्रतीक बन्छ, तब कानूनको माखोमाथि नै प्रश्न उठ्छ। पर्सा जिल्लामा कार्यरत सिपाही आयुष ठाकुर (बब्लु ठाकुर) अहिले ‘दशैं खर्च’ नामको आतंक फैलाएर चर्चाको शिखरमा छन्।

    Ad
    Ad
    Ad

    स्थानीयका अनुसार, ठाकुर कहिले प्रहरी ड्रेसमा, कहिले सिभिल ड्रेसमा आफैँलाई प्रहरी भन्दै विभिन्न पसलहरूमा पुग्छन् र “दशैं खर्च दे” भनेर दबाब दिन्छन्। दशैं सकिएको हप्ता बितिसक्दा पनि उनले बक्यौता चन्दा आतंक जारी राखेको स्थानीय व्यापारीहरू बताउँछन्। गत बुधबार राति करिब ९ बजे, ठाकुरले सिभिल ड्रेसमै नेसनल मेडिकल कलेज नजिकको सत्य इन्टरप्राइजेज मा पुगेर रक्सी मागे। रक्सी नदिँदा उनले “दशैं खर्च बाँकी छ” भन्दै धम्की दिए र केही साथीहरूलाई बोलाएर पसले बिरेन्द्र यादवमाथि कुटपिट गरेका थिए। कुटपिटबाट यादव गम्भीर घाइते भई नारायणी अस्पतालमा उपचाररत छन्। घटनापछि स्थानीयले प्रतिकार गर्दा ठाकुर आफैं पनि घाइते भएको बताइन्छ। तर, आफूलाई निर्दोष देखाउने प्रयासमा उनले “ममाथि आक्रमण भयो” भन्दै नेसनल मेडिकल कलेजमा भर्ना हुने नाटक गरेको आरोप छ।

    Ad
    Ad
    Ad

    सबभन्दा चकित पार्ने कुरा — घटनाको सबै विवरण पसलको CCTV फुटेजमा कैद भएको हो। स्थानीयहरूका अनुसार उक्त फुटेज सार्वजनिक भएपछि ठाकुरको वास्तविक चेहरा देशभर उजागर हुने निश्चित छ। 🔴 स्थानीयको गुनासो “प्रहरी नै जब वर्दीको धाक देखाएर चन्दा असुल्न थाल्छ, जनताले कसबाट सुरक्षा पाउँछन्?” तीन दिनअघि पनि उनले विभिन्न ठाउँमा झगडा र हुलदंगी व्यवहार गरेको र दुई–तीन महिना अघिको विवादमा हात भाँचिँदा स्टिलको रड हालिएको समेत स्थानीयले बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    अब प्रश्न छ — 👉 के पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले घटनाको सत्यतथ्य बुझ्ने र अनुशासनहीन प्रहरीमाथि कडा कारबाही गर्ने हिम्मत देखाउँछन्? 👉 जनताको चासो बनेको यो मुद्दा प्रहरी संगठनको इज्जत र विश्वसनीयता दुवैको परीक्षा हो। 🚨 जब प्रहरी नै रक्षक होइन, भक्षक बन्न थाल्छ, तब कानुनको ढोका जनताका लागि बन्द हुन्छ।

    अब हेर्न बाँकी छ — एसपी सुदीपराज पाठकले अपराधीलाई ढाकछोप गर्छन्, वा प्रहरीको मर्यादा जोगाउँछन्? 🇳🇵

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.