१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेसमा सशस्त्रकै मिलेमतोमा तस्करी! नेपालबाट गएर भारतमा एसएसबीले समायो सामान दुई नम्बर प्रदेशको तस्करी सञ्जाल पोल खुल्यो!"

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२९ आश्विन २०८२

    नेपालबाट तस्करी भएर गएको सुपारी भारतमा बरामद भएको छ। सर्लाहीका सीमा क्षेत्रबाट व्यापक मात्रामा सुपारी तस्करी भइरहेको छ । सुपारी तेस्रो मुलुकबाट नेपालमा आयात गरी नेपालमै उत्पत्ति भएको भन्दै भारततर्फ तस्करी हुँदै आएको छ ।सर्लाहीको नारायणपुर, बहादुरपुर र मलगंवाबाट सुपारी तस्करी हुने गरेको छ । नेपालबाट तस्करी गरी पठाइएको १ करोड भारु बराबरको सुपारी बिहारको सीतामढी जिल्ला मेजरगंज थानामा एसएसबीले बरामद गरेको छ ।नेपालबाट तस्करी गरी पठाइएको ३ वटा ट्रक र २ वटा पिकअपमा लोड गरिएको सुपारी भारतको मेजरगगंज थानामा बरामद गरिएको समाचार भारतीय मिडियाले तस्बिरसहित प्रकाशित गरेका छन् । १९६ बोरा सुपारी इन्डो नेपाल सीमासँग जोडिएको मेजरगंजमा सोमबार बरामद भएको भारतीय पत्रिका प्रभात खबरमा समाचार छ । १ सय ९६ बोरा सुपारी बोकेका ३ ट्रली (ट्रक) र २ वटा पिकअपसहित एसएसबीले बरामद गरेको उक्त पत्रिकाले जनाएको छ । सुपारीसमेत ३ जनालाई पक्राउ गरिएको छ । मेजरगंज बसपार्कमा पुर्‍याएर पिकअपमा लोड गर्दै गर्दा सुपारी बरामद भएको थियो । भारतीय अर्धसैनिक बल एसएसबीले सीमाबाट हुने तस्करी नियन्त्रण अभियान नै चलाएको छ ।भारतको मेजरगंजमा बरामद भएको उक्त सुपारी विराटनगरका पिन्टुले वीरगन्जका नामुद तस्कर उमेश तेलीमार्फत सर्लाहीका नाकाबाट भारततर्फ तस्करी गर्न लागेका थिए । मेजरगंजमा बरामद भएपछि रुट परिवर्तन गर्दै उमेश तेलीले नारायणपुर नाकामार्फत् सुपारी तस्करीको सेटिङ मिलाएका छन् ।बिजय यादव, सरोज यादव, नवल यादव, र राजेश ठाकुरमार्फत सर्लाहीको अर्को नाका नारायणपुरबाट भारततर्फत् सुपारी तस्करी गराउन लागिएको स्रोत बताउँछ । नारायणपुरबाट भारततर्फ सुपारी तस्करी गर्न सन्तोष साह र उमेश साह समेत लागेका छन् ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.