२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जगरनाथपुर गाउँपालिकामा वडा अध्यक्षस्तरीय क्रिकेट प्रतियोगिता सुरु

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२८ आश्विन २०८२

    पर्सा, २८ असोज शुभ दीपावलीको पावन अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको वडा अध्यक्षस्तरीय क्रिकेट प्रतियोगिता मंगलबारदेखि मेघराज उपाध्याय क्रिकेट खेलमैदान, मदुवाहामा सुरु भएको छ। उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम रहनुभयो। उद्घाटन सत्रमा उप–प्रमुख आलमले फिता काटी खेलको शुभारम्भ गर्दै बैटिङ्ग गरेर प्रतियोगिताको औपचारिक सुरुवात गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख आलमले खेलप्रति देखाइएको स्थानीय उत्साहप्रति प्रशंसा व्यक्त गर्दै भन्नुभयो, “म बाल्यकालदेखि क्रिकेट खेलप्रति निकै रुचि राख्थें र एक बलरको रूपमा पनि खेल्ने गर्थें। खेलले मानिसलाई शारीरिक र मानसिक रूपमा सशक्त बनाउँछ। अहिले नेपालले टि–२० विश्व छनोट खेलमा आफ्नो स्थान सुरक्षित गरेको छ, जुन हाम्रो लागि गौरवको कुरा हो।” उहाँले थप भन्नुभयो, “जगरनाथपुरका युवामा देखिएको उत्साहले भविष्यमा यहींका खेलाडीहरूलाई राष्ट्रिय टोलीमा देख्ने मेरो चाहना हो। सबै टोलीलाई सफल खेल र जितको लागि शुभकामना दिन चाहन्छु।” कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले गर्नुभएको थियो। कार्यक्रममा नेपाली काँग्रेस पर्साका सह–सचिव नवीन सिंह, जगरनाथपुर गाउँपालिकाका उपाध्यक्ष बबिता कुमारी, वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडा टोलका टिमहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने जनाइएको छ। खेललाई सफल बनाउन स्थानीय युवा, खेलप्रेमी तथा स्वयंसेवकहरूको उल्लेखनीय भूमिका रहेको आयोजकले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.