प्रहरीद्वारा राष्ट्रसेवा कि राशनसेवा ? सशस्त्रका ‘मित्र व्यापारी’ विकास साहलाई धन्यवाद !
-
अग्निपथ सम्बादाता
- today२६ आश्विन २०८२
बिश्रामपुर बारा // २०८२/०६/२६ - नेपाल–भारत सीमामा तस्करी रोक्न भनेर राखिएका सशस्त्र प्रहरीहरू आज सीमा र देश होइन, चिनी, मकै र कपडा पार गराउने ड्युटीमा व्यस्त छन्। रक्सौलदेखि विश्रामपुर हुँदै बारासम्म, विकास साहजस्ता “प्रख्यात समाजसेवी”हरूले गरिब प्रहरी र असहाय तस्करका भान्सा चलाइदिएका छन्। सरकारले त सशस्त्रलाई तलब समयमा नदिए पनि — 👉 “साहज्यूको ट्रकटर र मकैको बोरा” भने बेलैमा पुग्छन् रे! 😏
आज दशैं, तिहार, छठमा सीमामा चहलपहल छैन — तर “मालको आवागमन” भने धमाधम! भारततर्फ मकै पठाउने, नेपालतर्फ चिनी ल्याउने, अनि बीचमा भ्रष्टाचारको पुल बनाउने — यही नै आजको राष्ट्रसेवा रे! 🇳🇵 जनताले त ठट्टा गर्न थालेका छन् — “अब तस्करहरूले पनि पुरस्कार पाउने भए, अनि प्रहरीलाई पदक होइन, ‘प्याकेट’ चाहिन्छ!” 😆
यो भ्रष्टाचार र मिलेमतोको खेलले देशको नाम माटोमा, अनि इमानदार सुरक्षाकर्मीहरूको शिर झुकाएको छ। तस्करी रोक्न बनाइएको पोष्टहरू आज तस्करीका गोदाम बन्दै गएका छन्। न जनता सुरक्षित, न अर्थतन्त्र। तर यसबीच, राज्य शान्त छ — शायद शान्ति पनि “मालको हिस्सा” सँगै बाँडिन्छ।
अब प्रश्न — कसले रोकिन्छ यो खेल? कानूनको शासन हुने देशमा मकैभन्दा पनि सस्तो न्याय किन्न पाइन्छ भने, यो राष्ट्र कुन दिशातिर छ?