१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • काठमाडौं उपत्यकामा ६ हजार प्रहरी परिचालन, डग स्निफिङदेखि ड्रोनबाट निगरानी

    • बिशाल यादब बिशाल यादब
    • today७ आश्विन २०८२

    ७ असोज, काठमाडौं । चाडपर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागु गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित गरी ठूलो मात्रामा प्रहरी परिचालन सुरु गरिएको छ ।

    Ad
    Ad
    Ad

    उपत्यकामा मात्रै ६ हजार १ सय ६ प्रहरी परिचालन गर्ने गरी व्यवस्था मिलाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताए ।उपत्यकामा मात्रै ६ हजार १ सय ६ प्रहरी परिचालन गर्ने गरी व्यवस्था मिलाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताए ।यसरी परिचालन हुने प्रहरीलाई विभिन्न क्लस्टरमा विभाजन गरेर जिम्मेवारी तोकिएको छ ।

    Ad
    Ad
    Ad

    दशैं, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाट जस्ता घटनाहरू बढी हुने भन्दै सोही अनुसारको रणनीति बनाएर काम सुरु गरिएको प्रहरीले बताएको छ ।चाडपर्व मनाउन गाउँ जाँदा काठमाडौंका डेराकोठा तथा घरहरु सुनसान हुने र यही मौकामा चोरी हुने गरेको घटनाहरु विगतमा पनि छन् ।यो पटक झनै कारागारमा रहेका ७ हजार भन्दा बढी कैदीबन्दी फरार रहेको, हिरासतमा रहेका थुनुवा पनि फरार रहेका झन् धेरै चोरीका घटना हुनसक्ने आशंका गरिएको छ ।जसअनुसार आफूले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    यस्ता घटनालाई न्यूनीकरण गर्नका लागि पैदल गस्ती, साइकल गस्ती, नाकाहरूमा डग स्निफिङ, सादा पोशाकका प्रहरी परिचालन, सीआरभी, क्यूआरटीलाई तयारी अवस्थामा राखेर काम सुरु गरिएको बताइएको छ ।किनमेल बढी हुने ठाउँ, व्यापारिक मल तथा, सपिङ कम्प्लेक्स, बैंक तथा वित्तिय संस्थाहरूमा पनि निगरानी गर्न सादा पोशाकका प्रहरीहरू परिचालन गरिएको बताइएको छ ।

    त्यसैगरी उपत्यकाबाट बाहिर जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले १७ ठाउँमा यात्रु सहायता कक्ष खडा गरेको छ ।टिकटको कालोबजारी, टिकट नपाउने समस्यादेखि महँगो असुलीजस्ता गुनासाहरू ट्राफिकले यात्रु सहायता कक्षमार्फत सम्बोधन गर्नेछ ।यो बाहेक प्रहरीले पनि उपत्यकाका तीन जिल्लामा गरी ७८ स्थानमा यात्रु सहायता कक्ष खडा गरेर काम सुरु गरेको बताइएको छ । ड्रोनबाट निगरानी गर्ने काम पनि हुनेछ ।

    चाडपर्वको अवसरमा विशेषगरी लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा बिस्फोटन, ड्रिंक एन्ड ड्राइभ, हिट एन्ड रन, चिठ्ठाको प्रलोभनमा ठगी, कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेसनमा बाहिरिनेको चापमा हुने अवैध धन्दा, महँगो भाडा असुली, मदिराका कारण हुने अपराध, धार्मिक तथा किनमेल स्थलमा हुने पाकेटमारी र बन्द पसल तथा खाली घरहरूमा हुने चोरीलाई प्रहरीले सम्भावित अपराध मानेको छ ।

    यी सम्भावित अपराधलाई रोक्न तथा न्यूनीकरण उपत्यकाका १८ वटै डीएसपीको कमान्डमा टोली बनाइएको छ । प्रहरीले लङ रेन्ज गस्ती, सर्ट रेन्ज गस्तीको काम पनि गर्ने बताइएको छ ।क्यूआरटी गस्ती, मोबाइल गस्तीको पनि व्यवस्था गरिएको प्रहरीले जनाएको छ । सिल एन्ड सर्च र कर्डन सर्चको रूपमा खटाइने बताइएको छ । एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ । नाकाहरूमा हरेक दिन कुकुर परिचालन गरेर सर्च अपरेसन गर्ने प्रहरीले जनाएको छ ।

    ड्रोन क्यामेरामार्फत पनि सर्भिलेन्स गरेर निगरानी गरिने प्रहरीले जनाएको छ । यसका साथै सीसीटीभीमार्फत पनि सर्भिलेन्स हुनेछ । कुनै घटना भइहालेमा ५ देखि १० मिनेटभित्र प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको बताइएको छ ।

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.