२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अमेरिकाको एच-वान-बी भिसामा १ लाख डलर शुल्क, नेपाली कामदार पनि प्रभावित

    • बिशाल यादब बिशाल यादब
    • today५ आश्विन २०८२

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कामदार भिसा (एच-वान-बी) मा वार्षिक १ लाख डलर शुल्क तिर्नुपर्ने घोषणा गरेपछि यसले नेपाली कामदार र विद्यार्थीहरूलाई समेत प्रत्यक्ष असर गर्ने देखिएको छ।

    Ad
    Ad
    Ad

     

    पहिले मात्र २१५ डलर शुल्क लाग्ने यो भिसामा अब एकैपटक १ लाख डलर तिर्नुपर्ने भएपछि अमेरिकी प्रविधि उद्योगदेखि आउटसोर्सिङ कम्पनीसम्म ठूलो धक्का पुग्ने विश्लेषकहरूको भनाइ छ।

    Ad
    Ad
    Ad

     

    न्युयोर्कका कानुन व्यवसायी केशव सेडाईका अनुसार, नेपालीहरूले पनि यो नियमबाट ठूलाे मार पाउने छन्। बाइडेन प्रशासनको समयमा ३५ सयभन्दा बढी नेपालीले एच श्रेणीका भिसा पाएका थिए भने ट्रम्पको पहिलो कार्यकालमा यो संख्या करिब २३ सय थियो।

    Ad
    Ad
    Ad
    Ad

     

    आर्थिक वर्ष २०२४ मा मात्रै ७८१ जना नेपालीले एच-वान-बी भिसा पाएका थिए, साथै उनीहरूको २८८ आश्रितले एच-४ भिसा प्राप्त गरेका थिए।

     

    यस घोषणाले विशेषगरी सिलिकन भ्यालीका कम्पनीलाई ठूलो प्रभाव पार्ने देखिएको छ। आईटी सेवा कम्पनी र आउटसोर्सिङ फर्महरूको शेयर मूल्य समेत घटेको बताइएको छ।

     

    भारतीय कामदारहरू एच-वान-बी भिसाको करिब तीन चौथाइ हिस्सा लिने भएकाले उनीहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ।

     

    यद्यपि, यो शुल्क भिसा नवीकरण गर्ने वा अमेरिकाभित्रै भिसा स्थिति परिवर्तन गर्नेमा लागू नहुने जनाइएको छ, जसले गर्दा हालका धारकहरूलाई तत्काल असर पर्ने छैन।

     

    ट्रम्प प्रशासनले एच-वान-बी भिसाको लोटरी प्रणाली अन्त्य गर्ने वा तलबका आधारमा भिसा वितरण गर्ने प्रस्ताव पनि अघि सार्ने तयारी गरिरहेको छ। यस्तो कदमले आगामी दिनमा नेपाली विद्यार्थी र दक्ष जनशक्तिको अमेरिकामा अवसर पाउन कठिन बनाउन सक्छ।

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.