२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आगजनीले क्षतिग्रस्त सर्वोच्च अदालतमा त्रिपाल टाँगेर सुनुवाइ सुरु

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२ आश्विन २०८२

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको सर्वोच्च अदालतले १० दिनपछि त्रिपाल टाँगेर दुईवटा बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गरेको छ। भवनमा भएको क्षतिले गर्दा बिहीबार सर्वोच्च अदालत प्राङ्गणमै पाल टाँगेर दुईवटा इजलास गठन गरी सुनुवाइ गरिएको हो।

    Ad
    Ad
    Ad

    न्यायाधीश बस्ने कुर्ची उत्तरतर्फ फर्काइएको थियो भने वकिल र इजलास अधिकृतका लागि दक्षिणतर्फ र बिचमा कुर्चीहरू मिलाइएका थिए। इजलासमा कम्प्युटर, किताब र मुद्दाका फाइलहरू केही पनि थिएनन्। न्यायाधीश र अधिकृतहरूले डेस्कमाथि कापी र कलम राखेर सुनुवाइ सुरु गरेका थिए।

    Ad
    Ad
    Ad

    पहिलो सुनुवाइ फिरोज आलमको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि भएको थियो। न्यायाधीश सपना प्रधान मल्लको इजलासमा अधिवक्ता वीरेन्द्र पाठकले बहस गर्दै आफ्नो पक्षलाई धितोमा फसाइएको जिकिर गरे। उनले आलमलाई थुनामुक्त गर्न माग गरे।

    Ad
    Ad
    Ad
    Ad

    पहिलो बन्दीप्रत्यक्षीकरणको मुद्दामा जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासलाई विपक्षी बनाइएको थियो। सुनुवाइपछि न्यायाधीश प्रधान मल्लको इजलासले पक्षसँग कागज मगाउने आदेश दिएको छ।

    प्रधान मल्लको इजलास सकिएपछि सोही त्रिपालको इजलासमा न्यायाधीश कुमार रेग्मीको इजलास बस्यो। रेग्मीको इजलासमा पनि किर्तेसम्बन्धी मुद्दाको सुनुवाइ भयो र ‘कारण देखाऊ आदेश’ जारी भएको छ।

    यी दुईवटा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन गत भदौ ३१ गते दर्ता भएका थिए र बिहीबारदेखि नै ती निवेदनमाथि सुनुवाइ सुरु गरिएको हो।

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.