शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु
-
बिशाल यादब
- today२६ भदौ २०८२
काठमाडौँ – नेपाली सेनाले काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा र कर्फ्यु लम्ब्याएको छ।
काठमाडौँ, ललितपुर र भक्तपुरमा भदौ २७ गते शुक्रबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको नेपाली सेनाले जनाएको छ।
बिहीबार बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्यू यथावत नै छ।
यस्तै, शुक्रबार बेलुका ७ बजेदेखि २८ गते (शनिबार) बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ ।
शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले जानकारी दिएको छ।