राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली नेपाली सेनाको सुरक्षामा
-
मेराज हास्मी
- today२४ भदौ २०८२
काठमाडौं। जीनजी पुस्ताको प्रदर्शनको क्रममा राष्ट्रपति भवन शितल निवासमा आगजनी भएपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो संरक्षणमा राखेको छ।
शितल निवासमा आगजनी पछि राष्ट्रपतिको अवस्थाका विषयमा सवत्र चासो व्यक्त भइरहेका बेला राष्ट्रपति पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो संरक्षणमा राखेको हो।
प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि उनी बालुवाटारबाट हेलिकप्टर चढेर सेनाको संरक्षणमा गएका हुन्। स्रोतका अनुसार राष्ट्रपति पौडेल र प्रधानमनत्री ओलीलाई नेपाली सेनाले शिवपुरी स्थित सेनाको संरक्षणमा राखिएको छ।