२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • काठमाडौँका विभिन्न स्थानमा कर्फ्यु घोषणा

    • बिशाल यादब बिशाल यादब
    • today२३ भदौ २०८२

    काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप चार ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ।

    Ad
    Ad
    Ad

     

    जेनजीले गरेको आन्दोलनमा बल प्रयोग भएर अवस्था असमान्य बनेपछि प्रशासनले काठमाडौँका भीआईपी निवासआसपासका क्षेत्रमा कफ्र्य लगाएको हो। बानेश्वर क्षेत्र अशान्त बनेपछि त्यस आसपासका क्षेत्रमा यसअघि नै प्रशासनले कर्फ्यु आदेश राति १२ बजेसम्मका लागि जारी गरेको थियो।

    Ad
    Ad
    Ad

    प्रशासनले दिउँसो १ बजेदेखि राष्ट्रपति भवन शीतलनिवास, उपराष्ट्रपति भवन लैनचौर, नारायणहिटी दरबार संग्रहालय क्षेत्र र सिंहदरबार आसपासमा कफ्र्यु लगाएको हो।प्रशासनका अनुसार शीतलनिवास महाराजगन्ज क्षेत्रमा उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअगाडिको चोकसम्म, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोडदेखि

    Ad
    Ad
    Ad
    Ad

     

    १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यु लागेको छ।

     

    त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रतर्फ केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म कर्फ्यु आदेश जारी गरिएको छ। नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटदेखि महेन्द्र शालिकसम्म कर्फ्यु जारी भएको छ।

     

    सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तीनकुने आइल्यान्ड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबार उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।

     

    भीआइपी क्षेत्रमा प्रर्दशनकारीले तोडफोड गर्ने संभावना भएपछि कर्फ्यु लगाइएको हो।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.