२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आफ्नो फेसबुक पेज हटाएपछि मेटाविरुद्ध अमेरिकी वकिल मार्कले हाले मुद्दा

    • बिशाल यादब बिशाल यादब
    • today२१ भदौ २०८२

    काठमाडौं । अमेरिकामा बसोबास गर्ने वकिल मार्क स्टिफन जुकरबर्ग ले सामाजिक सञ्जाल कम्पनी मेटाविरुद्ध मुद्दा दायर गरेका छन्। 

    Ad
    Ad
    Ad

    फेसबुकले उनको व्यक्तिगत र व्यवसायिक पेजलाई पटक–पटक ‘मार्क जुकरबर्ग सीईओको नक्कल गरेको’ भन्दै बन्द गर्ने गरेपछि उनले इन्डियानाको म्यारियोन काउन्टीमा गत २ सेप्टेम्बरमा मुद्दा दायर गरेका हुन्।वकिल जुकरबर्गका अनुसार उनले फेसबुकमार्फत आफ्नो सेवाको प्रचार गर्न हजारौँ डलर खर्च गरे पनि बारम्बार पेज हटाइँदा व्यवसायमा ठूलो नोक्सानी भएको छ। उनले आठ वर्षमा पाँच पटक पेज डिसेबल भएको उल्लेख गर्दै “उचित व्यवहार” सम्बन्धी कानून मेटाले उल्लङ्घन गरेको आरोप लगाएका छन्।

    Ad
    Ad
    Ad

     

    उनले नाम जुधेका कारण जीवनमै समस्या परेको दुखेसो समेत पोखेका छन्। लगातार फोन, नोटिफिकेसन, धम्की, रेस्टुरेन्ट बुकिङमा समस्या जस्ता घटनाले त्रसित बनाएको उनको भनाइ छ। यसबारे जानकारी दिन उनले iammarkzuckerberg.com नामक वेबसाइटसमेत सञ्चालन गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    मेटाले भने, “संसारमा एकभन्दा बढी मार्क जुकरबर्ग छन् भन्ने कुरा हामीलाई थाहा छ, यसबारे छानबिन भइरहेको छ” भन्ने प्रतिक्रिया दिएको छ। वकिल जुकरबर्गले क्षतिपूर्ति र कानुनी शुल्क माग गरेका छन्। साथै उनले मजाक गर्दै भनेका छन्, “यदि फेसबुक सीईओ मार्क जुकरबर्गले आफ्नो सुपरयाचमा एक हप्ता बिताउन दिए, म सायद त्यो स्वीकार गर्छु।”

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.