१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखराको बसपार्क क्षेत्रको सामाजिक अवस्था चिन्ताजनक, देहव्यापार खुलमखुला ।

    • बिशाल यादब बिशाल यादब
    • today२१ भदौ २०८२

    कास्की — पोखराको बसपार्क आसपासको क्षेत्र पछिल्ला समय सामाजिक दृष्टिले संवेदनशील बन्दै गएको देखिन्छ। यहाँ केही व्यक्तिहरूले देहव्यापार जस्तो गैरकानुनी क्रियाकलापमा संलग्न भएको खुलेआम देखिनु स्थानीय बासिन्दा र आगन्तुकहरूका लागि चिन्ताको विषय बनेको छ। यस्ता गतिविधिले सो क्षेत्रको सामाजिक छवि कमजोर बनाइरहेको छ भने सुरक्षाको दृष्टिकोणले पनि चुनौती खडा गरिरहेको छ। स्थानीय प्रशासन र सरोकारवाला निकायले यसको दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चाल्नु आवश्यक देखिन्छ।

    Ad
    Ad
    Ad

    लामो समयदेखि अनैतिक क्रियाकलापको छायामा रहेको पोखराको बागलुङ बसपार्क, पछिल्ला वर्षहरूमा सुधारको बाटोमा थियो। यौनजन्य गतिविधिका कारण बदनाम भएको सो क्षेत्रमा प्रहरीले र स्थानीयको सहकार्यमा शुद्धिकरणको प्रयास गरेपछि बसपार्कको नाम नै परिवर्तन गरी विन्ध्यवासिनी बसपार्क राखिएको थियो।

    Ad
    Ad
    Ad

    तर, पछिल्लो समय फेरि त्यही पुरानो अवस्था दोहोरिन थालेको छ। सुरक्षाका दृष्टिले सुधार हुँदै गएको देखिएको यो क्षेत्रमा अवैध यौन व्यवसाय फेरि खुलेर सञ्चालनमा आउन थालेको स्थानीयबासी बताउँछन्। केही समयको मौनता पछि, अब फेरी खुलेआम रेष्टुरेन्ट तथा खाजाघरहरूको आडमा यौनजन्य क्रियाकलापहरू बढ्न थालेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    हालै मात्र कास्की प्रहरीले अवैध देहव्यापारमा संलग्न भएको आरोपमा १९ वटा रेष्टुरेन्ट र खाजाघरका सञ्चालकहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले देखाएको यो सक्रियता क्षेत्रीय अवस्थाको गम्भीरताप्रति संकेत गर्छ।

    वर्षौंको मेहनतले सुधारिएको क्षेत्र फेरि पुरानै स्थितिमा फर्कँदै जाँदा स्थानीयवासी चिन्तित छन्। कतिपयले त अब फेरि सार्वजनिक स्थानमा हिँड्न समेत अनुहार लुकाउनुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका छन्।

    सामाजिक सञ्जाल र विभिन्न बिचौलियामार्फत लुकीछिपी भइरहेको यौनव्यवसाय अहिले खुलेआम व्यापारको रूपमा देखा पर्न थालेपछि यसले समग्र पोखरा सहरको छवि प्रभावित बनाइरहेको छ। पर्यटकीय नगरीको पहिचान बनाएको पोखरालाई यस्ता क्रियाकलापहरूले नकारात्मक असर पुर्‍याइरहेको भन्दै सरोकारवालाहरू गम्भीर चिन्तामा छन्।

    यसै सन्दर्भमा, गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विगतमा "रेडलाइट एरिया" को अवधारणा ल्याए पनि त्यो कार्यान्वयन हुन सकेन। विश्वका विभिन्न देशहरूमा यस्तो व्यवसायलाई कानुनी रूपमै व्यवस्थापन गरिएको भए पनि नेपालको सामाजिक संरचना र सांस्कृतिक सोचमा यसले सहज स्वीकार्यता पाउन सकेको छैन।कसरी यस्ता गतिविधिलाई नियन्त्रण गर्ने भन्ने चुनौती यथावत् छ। स्थानीय प्रशासनले भने, जुनसुकै स्वरूपमा देखिने यौनजन्य अपराधलाई नियन्त्रणमा लिन कडाइका साथ काम गरिने प्रतिबद्धता जनाएको छ।

     

     

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.