३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुसाको किर्नाले सार्ने स्क्रब टाइफस गाउँदेखि सहरसम्मै, ५ हजारभन्दा बढी संक्रमित

    • बिशाल यादब बिशाल यादब
    • today२१ भदौ २०८२

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरकी १२ वर्षीया बालिकाको सामान्य ज्वरो भन्ने हेलचेक्र्याइँका कारण ज्यान गुमाउनु परेको छ।

    Ad
    Ad
    Ad

    ज्वरो आउने, जिउ दुख्ने लक्षण देखिएर ज्वरो कम गर्ने औषधि सेवन गरेर बसेकी उनलाई समस्याले थप गाँजेपछि परिवारले प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमा अचेत भएर मृत्यु भयो। 

    Ad
    Ad
    Ad

    अहिले ज्वरो आउने, टाउको दुख्ने, शरीर कमजोर हुने, मांसपेशी दुख्नेजस्ता लक्षण देखिएका बिरामीको संख्या बढ्दै गएको छ। तीमध्ये कतिपयले ‘भाइरल ज्वरो होला, ठीक भइहाल्छ’ भनेर घरमै बस्ने गरेको पाइन्छ।

    Ad
    Ad
    Ad
    Ad

    तर, यी लक्षण देखिएका बेला चिकित्सकलाई नदेखाएर घरमै बस्नु गम्भीर गल्ती हुन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्। अझ खेतबारीमा काम गर्ने, घरमा वस्तुभाउ पाल्ने वा जंगलछेउछाउ बस्ने व्यक्तिमा यस्ता लक्षण देखिएमा स्क्रब टाइफसको सम्भावना प्रबल हुने चिकित्सकको भनाइ छ।

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार देशभर ५ हजार १७ जनामा स्क्रब टाइफस देखिएको छ। गत पुस महिनादेखि देखिन थालेको स्क्रब टाइफस ७५ जिल्लामा फैलिएको छ। 

    महाशाखाका अनुसार यस वर्ष कैलाली, दाङ, चितवन, कञ्चनपुर, संखुवासभा, धादिङलगायतका जिल्लामा बढी बिरामी भेटिएका छन्। बर्खायाम सुरु भएदेखि बढ्न थालेको स्क्रब टाइफसको संक्रमण गएको एक महिनामा मात्र १ हजार २३७ जनामा देखिइसकेको छ।

    महाशाखाका अनुसार यस वर्ष गत वर्षको तुलनामा अझै बढी बिरामी भएका छन्। गत वर्ष १ हजार ५२ जनामा यो संक्रमण पुष्टि भएको थियो। 

    तर, यही कारण कति जनाको ज्यान गयो भन्ने यकिन तथ्यांक सरकारसँग छैन। कति जनाको मृत्यु भयो भनेर राष्ट्रिय तथ्यांकमा राख्ने प्रणाली नबनाइएको इडीसीडीका अधिकारी बताउँछन्।

    महाशाखाका किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहाल स्क्रब टाइफसको समस्या बढ्न थालेपछि सरकारले ५० हजार परीक्षण किट अस्पतालहरूमा पठाएको बताए। 

    ‘५ हजारभन्दा बढी व्यक्तिमा स्क्रब टाइफस पुष्टि भएपछि परीक्षणको मात्रा बढाएका छौँ। सरकारले ५० हजार किट खरिद गरेर अस्पतालहरूमा पठाएको छ,’ उनले भने। 

    अन्य भाइरल संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले रोग पहिचानमा समस्या देखिएको उनको भनाइ छ। 

    काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पछिल्लो एक सातायता ज्वरो लिएर अस्पताल आउनेमध्ये दैनिक १० जनासम्ममा स्क्रब टाइफस देखिएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल शर्मा चालिसेका अनुसार ज्वरो आएर अस्पताल आएका ३० देखि ४५ प्रतिशत व्यक्तिमा स्क्रब टाइफस देखिने गरेको छ। 

    अस्पतालमा गत पुसयता ७० जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ। 

    यस अस्पतालमा काठमाडौँका अलावा धादिङ र नुवाकोटका बिरामीको पनि चाप छ। काठमाडौँका सीतापाइला, कीर्तिपुर क्षेत्रका बिरामी बढी छन्। 

    ‘काठमाडौँ वरपरका विशेष गरी जंगलको नजिक बस्ने, खेतबारीमा काम गर्ने व्यक्तिमा स्क्रब टाइफस देखिएको छ,’ उनले भने।

    कसरी हुन्छ संक्रमण?
    चिकित्सकहरूका अनुसार, मुसामा पाइने किर्नाले मानिसलाई टोक्यो भने स्क्रब टाइफस रोग लाग्छ।

    झट्ट हेर्दा भाइरल ज्वरोको जस्तो लक्षण लाग्ने स्क्रब टाइफस पहिचान गर्न चिकित्सकलाई समेत समस्या हुने गरेको छ। शरीरमा रातो, नीलो रङका बिबिरा आएका छन् भने ती स्क्रब टाइफसका संकेत हुन सक्छन्।

    जीवाणुको माध्यमबाट सर्ने यो रोग महामारीको रूपमा फैलिने रोग भने होइन। तर, लक्षणलाई बेवास्ता गरे बिरामीमा श्वास प्रश्वासमा समस्या भई मृत्यु हुने जोखिम हुन्छ।

    केही समययता सहरी क्षेत्रमा पनि यो रोग देखिने गरेको छ। सहरी क्षेत्रमा प्रायः पार्क, दुबो भएको ठाउँमा खाली खुट्टाले हिँड्ने मानिसमा यो रोग सर्ने सम्भावना उच्च हुन्छ। 

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.