३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा खुलै

    • बिशाल यादब बिशाल यादब
    • today२१ भदौ २०८२

    २१ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्‍द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ ।  सरकारको निर्णय मान्‍दै नेपाल दूरसञ्‍चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्दायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्‍द गरेको हो। 

    Ad
    Ad
    Ad

    सरकारको निर्णय मान्‍दै नेपाल दूरसञ्‍चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्दायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्‍द गरेको हो। 

    Ad
    Ad
    Ad

    युट्युब बन्द भएसँगै त्यहाँभएका म्युजिक भिडियो, फिल्म, वेबसिरिज, गीत–संगीत, समाचार, कमेडीलगायतका थुप्रै  भिडियोहरू बन्द भएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्‍द गर्ने प्रक्रिया सुरू भइकेको बताए । उनका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ । 

    उनल संचारकर्मी संग भने, ‘हामीले सरकारको निर्णय र दूरसञ्‍चार प्राधिकरणको निर्देश मान्‍दै दर्ता नभएका सामाजिक सञ्‍जालहरूको आईपी एड्रेसहरू बन्द गर्न थालेका छौं। हिजो फेसबुक, एक्स, इन्स्टाग्राम वेब पेजमाबन्द भएका छन् भने आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ भने मोबाइलमा बन्‍द हुने क्रममा छन्। ‘

    पराजुलीका अनुसार, यो संवेदनशील प्राविधिक पक्ष सरकारले बुझ्नै सकेको छैन । ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय राजनीतिक र प्रशासनिक तहमा भएको छ। प्राविधिक ज्ञानबिना यस्ता आदेश दिइएको छ, जसको असरबारे सरकारले अनुमानै गरेको छैन,‘ उनले भने ।

    नेपालमा सामाजिक सञ्जालहरू प्रतिबन्धसँगै इन्टरनेट प्रयोगमा देखिएको असरबारे कुरा गर्दै पराजुलीले भने, ‘युट्युब ब्लक गर्दा आईपी एउटै परे जिमेल पनि बन्द हुन्छ, अनि त्यसको असर हामीले चलाइरहेको फोनले पनि आंशिक रूपमा काम नगर्न सक्छ ।‘

    सामाजिक सञ्जाल बन्द भएपछि डिजिटल अर्थतन्त्र, स्टार्टअप र साना व्यवसायको अनलाइन मार्केटिङ ठप्प भएको छ भने समग्र आर्थिक सूचकहरूमा नकारात्मक प्रभाव परेको छ। कलाकारहरूले सार्वजनिक गर्न लागेको नयाँ गीत रोकेका छन् भने विभिन्न टेलिसिरियल, कमेडीलगायतका हास्यव्यङ्ग्य कार्यम्रम पनि प्रशारण हुन सकेका छैनन् । 

    यस्तै कन्टेन्ट क्रिएटर र स्टार्टअपको आम्दानी गुम्न थालेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

     

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.