३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज महानगरपालिकाद्वारा हैजा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१९ भदौ २०८२

    वीरगञ्ज, भदौ १९
    वीरगञ्ज महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हैजासम्बन्धी जोखिम, कारण, बच्ने उपाय र नियन्त्रणका सम्भावित रणनीतिबारे सुझाव संकलन गरिएको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा वक्ताहरूले झाडापखाला जस्तो देखिने हैजा सामान्य रोग नभई गम्भीर प्रकृतिको हुने हुँदा समयमै उपचार र सचेतना आवश्यक रहेको बताए। उनका अनुसार दूषित पानी वा फोहोरबाट हैजाको जीवाणु संक्रमण भई केही घण्टादेखि पाँच दिनभित्र लक्षण देखापर्ने गर्छ। हैजाको पहिलो स्रोत फोहोर पानी, ताल–तलाउ तथा अस्वच्छ वातावरण हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिइयो।

    Ad
    Ad
    Ad

    सुझाव स्वरूप,शौचालयमै दिसापिसाब गर्ने,फोहोर व्यवस्थापनलाई उचित ठाउँमा गर्ने,दिसा–पिसाबपछि साबुन–पानीले राम्रोसँग हात धुने,खाना पकाउनुअघि हात सफा गर्ने,पानी उमालेर मात्र पिउने,काँचै खाने तरकारी तथा सलाद राम्ररी धोइपखाली मात्र खानेआदि व्यवहारिक उपाय अपनाउन आह्वान गरिएको थियो।

    Ad
    Ad
    Ad
    Ad


    झाडापखाला र हैजाको प्रकोप देखिएपछि वीरगञ्ज महानगरपालिकाले आफ्नो प्रयोगशालामार्फत खानेपानी परीक्षणको काम सुरु गरेको छ। दूषित पिउने पानी नै संक्रमणको प्रमुख कारण हुनसक्ने आशंकामा वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन गरी परीक्षण भइरहेको छ।

    माइक्रोबायोलोजिस्ट अजय मण्डलको नेतृत्वमा प्राविधिक टोलीले संकास्पद क्षेत्रका धाराबाट पानी संकलन गरी प्रयोगशालामा परीक्षणलाई तीव्रता दिएको उपप्रमुख आलमले जानकारी दिए। यस्तै, महानगरभित्रका अस्पतालहरूको नियमित अनुगमन भइरहेको उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी गराए।

    कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, स.प्र.जि.अ. सुमन कुमार कार्की, नारायणी अस्पतालका मे.सु. डा. चुमन लाल दास, जिल्ला प्रहरी कार्यालयका प्र.ना.उ. किशोर लम्साल, वीरगञ्ज महानगरपालिकाका प्रशासन महासाखा प्रमुख सुनिल कुमार कर्णलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.