२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा द्वारा ६३औं स्थापना दिवस सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१९ भदौ २०८२

    वीरगञ्ज, भदौ १९ । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाले ६३औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा रेडक्रसका संस्थापक जा. हेनरी ड्युनाको तस्वीरमा माला र टीका अर्पण गरिएको थियो। सो अवसरमा उपशाखाकी उप–सभापति सरिता यादवको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका अध्यक्ष बृज किशोर पटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। कार्यक्रममा उपशाखाका सचिव लाल बाबू सिंह, स–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, श्रवणबहादुर रायमाझी, सुरेन्द्र प्रसाद कानु, राम सुदिशलाल कर्ण, ध्रुव सिंह ठकुरी, श्रीनारायण यादव, भागवत प्रसाद चौधरीलगायतको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

     

    नेपाल रेडक्रस सोसाइटी (नेरेसो) विश्व रेडक्रस अभियानको अभिन्न अङ्गका रूपमा २०२० साल भदौ १९ गते स्थापना भएको हो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आवद्ध भइसकेको यस संस्थाले स्थापना कालदेखि नै देशभरि मानवीय सेवाका कार्यहरू गर्दै आएको छ। यस वर्ष ६३औं स्थापना दिवसलाई “मानवताको पक्षमा (On the side of humanity)” भन्ने नाराका साथ मनाइँदैछ। हाल नेपाल रेडक्रसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक तल्लीन रहेका छन्। संगठनात्मक संरचनामा ७ वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६२३ उपशाखा, ११५ सहयोग समिति र ६,५८७ जुनियर तथा युवा सर्कलहरू रहेका छन्।

    Ad
    Ad
    Ad

     

    “म सेवा गर्छु” भन्ने मूल मन्त्रका साथ नेपाल रेडक्रसले नेपाल सरकारको सहयोगीका रूपमा रहँदै संगठन विकास, युवा र जुनियर विकास, विपद् तथा संकट व्यवस्थापन, सामुदायिक विकास, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवा, लैङ्गिक तथा समावेशीकरण लगायतका महत्वपूर्ण गतिविधि सञ्चालन गर्दै आएको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    गत वर्ष मात्र बाढी, पहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४,९०६ परिवारलाई राहत सामग्री वितरण गरिएको थियो भने ५,०३३ परिवारलाई पूर्वानुमानमा आधारित पूर्वकार्य, पुनर्लाभ, प्रतिकार्य तथा जीविकोपार्जनका लागि १२ करोड २४ लाखभन्दा बढीको नगद सहायता उपलब्ध गराइएको थियो। साथै, आपत्कालीन तयारीस्वरूप हाल रेडक्रसले १ केन्द्रीय, ६ प्रदेशस्तरीय, ५ उपक्षेत्रीय तथा जिल्ला शाखास्तरीय गोदाममार्फत आवश्यक उद्धार तथा राहत सामग्री भण्डारणको व्यवस्था मिलाएको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.