१९ भदौ २०८२, बिहिबार / 04 September 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • झुम्का कारागारमा ज्वरोको प्रकोप : ६ दिनमा ४ कैदीको मृत्यु

    • मेराज हास्मी मेराज हास्मी
    • today१९ भदौ २०८२

    विराटनगर । सुनसरीको झुम्का कारागारमा ज्वरोको कारण ३५३ जना कैदीबन्दी बिरामी परेका छन् । एक जनाको बुधबार श्वास प्रश्वासको समस्याको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर ८ का जलेश्वर यादव रहेका छन् । उनको इनरुवा अस्पतालमा उपचारको क्रममै मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्बेन्द्रकुमार मिश्रले जानकारी दिए ।

    Ad
    Ad

    सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार ६ दिनयता झुम्का कारागारका ४ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी मिश्रले यादवको मृत्युपछि त्यस्तै लक्षण देखिएका ३५३ जनाको स्वास्थ्य जाँच गरेको बताए । त्यसमध्ये १३ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।

    Ad
    Ad

    जिल्ला सुरक्षा समितिको टोली गएराती नै डाक्टरको टोली लिएर कारागार पुगेको थियो । ‘कुल ३५३ जनाको स्वास्थ्य परीक्षण गरियो । त्यसमध्ये १३ जनालाई थप उपचारका लागि रेफर गरिएको छ,’ उनले भने, ‘१३ मध्ये १ जनामा डेङ्गुको लक्षण र १२ जनामा भाइरल ज्वरो देखिएको छ ।’ 

    Ad

    सुरुमा कोभिड–१९ को शङ्का गरिएको भए पनि अहिलेसम्म त्यस्तो नदेखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनका अनुसार आजदेखि कारागारमा बृहत् स्क्रिनिङ कार्यक्रम सुरु भएको छ । 

    प्रदेश स्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालसहितको टोलीले सबैको स्वास्थ्य जाँच गर्ने उनको भनाइ छ । उनले रोग सङ्क्रमणको स्रोतबारे अनुसन्धान भइरहेको बताए । 

    ‘पानी र खानेकुराहरू दूषित छन् वा छैनन् भनी परीक्षण भइरहेको छ । पानीको परीक्षणमा हालसम्म कुनै सङ्क्रमण देखिएको छैन,’ उनले भने । आइतबार र सोमबार पनि एक–एक जनाको मृत्यु भएको थियो । मृतक तीनमध्ये दुई जनामा भने उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । 

    बुधबार यादवको मृत्यु भएको थियो भने भदौ १६ गते सागर राईको मृत्यु भएको थियो । १५ गते रामदेव उराउको मृत्यु भएको थियो । उराउमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो भने राईको शरीर नचलेका कारण केही दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए । 

    ज्वरोको प्रकोप झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् । 

    ताजा सूचना

    • झुम्का कारागारमा ज्वरोको प्रकोप : ६ दिनमा ४ कैदीको मृत्यु
    • प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालमा मुसाले टोकेर दुई नवजात शिशुको मृत्यु
    • वीरगन्जमा हैजा र झाडापखालाको प्रकोप मत्थर हुँदै, अधिकांश बिरामी घर फर्किए
    • फेसबुक, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
    • सामाजिक सञ्जाल बन्द गर्ने सरकारको सूचनामा के छ?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.