२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छिमेकीको घरमा वाइफाइ चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार, आरोपी फरार

    • बिशाल यादब बिशाल यादब
    • today१८ भदौ २०८२

    काठमाडौं । सुनसरीमा छिमेकीको घरमा इन्टरनेट चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार भएको लामो समय हुँदा पनि आरोपी पक्राउ परेका छैनन्।

    Ad
    Ad
    Ad

     

    छिमेकीको घरमा वाइफाइ चलाउन गएकी बर्जु गाउँपालिकाकी एक किशोरीमाथि बलात्कार भएको भन्दै प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

    Ad
    Ad
    Ad

     

    बलात्कार आरोपमा बर्जु गाउँपालिकाका-५ का ३९ वर्षीय सितला भन्ने चितनारायण चौधरीविरूद्ध भदौ १५ गते मुद्दा दर्ता भएको हो।

    Ad
    Ad
    Ad
    Ad

     

    घटना भएदेखि नै चौधरी फरार रहेकाले मुद्दा दर्ताको हद म्याद सकिन लागेकाले अहिले दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

     

    सिन्धुली घर भएकी १७ वर्षीया किशोरी आमाको निधनपछि मामाघर बस्दै आएकी थिइन्।

     

    छिमेकी राजवतीदेवी चौधरी आफन्त पर्ने भएकाले चितनारायण त्यहाँ आइरहन्थे। उनीसँग किशोरीको पनि चिनजान थियो। उनले भिनाजु भनेर बोलाउने गर्थिन्।

     

    छिमेकी प्रदीपको घरमा इन्टरनेट भएकाले किशोरी प्रायस् त्यहाँ गएर मोबाइल चलाउने गर्थिन्। २०८० भदौ १५ गतेको दिन पनि किशोरी आँगनमा बसेर मोबाइल चलाइरहेकी थिइन्।

     

    ‘मोबाइल चलाइरहेको बेलामा एक्कासी आँगनबाट हातमा समाई घरभित्र लैजान तान्नु भयो,’ किशोरीले बयानमा भनेकी छन्, ‘उहाँको हातबाट मेरो हात झड्कालेर फुस्काई त्यहाँबाट भागेँ।’

     

    भोलिपल्ट १६ गते डरले किशोरी मोबाइल चलाउन छिमेकी घरमा गइनन् तर दिनभर त्यसै बस्नुपर्ने भएकाले १७ गते भने पुन: छिमेकीको घरमा मोबाइल चलाउन गएको उनले बताएकी छन्।

     

    त्यो दिन बिहानको खाना खाएर घरधन्दा सकेर दिउँसो १ बजेतिर मोबाइल चलाउन छिमेकीको घरमा गइन्। उनी मोबाइल चलाउन जाँदा कहिले पनि छिमेकीको घरभित्र जाँदैनथिन्। आँगन वा बरण्डामा बसेर चलाउँथिन्।

     

    ‘त्यो दिन घरको ढोका होडे बनाएकाले छिमेकी आन्टी घरभित्रै हुनुहुन्छ होला भन्ने सोचेर बरण्डामा बसेर मोबाइल चलाइरहेको थिएँ,’ उनी भन्छिन्, ‘घरभित्रबाट एक्कासी चितनारायण बाहिर निस्किएर तान्दै भित्र लैजानुभयो। किन यसो गर्नु भएको भन्दै रोएँ, रूँदा हल्ला नगर केही हुँदै भनि घिसार्दै लग्नुभयो। घिसार्दै खाटमा पुर्‍याएपछि चिच्चाउँदा हल्ला गरिस भने मारिदिन्छु भन्दै कपडा खोलेर बलात्कार गर्नुभयो। केहीबेरपछि मात्र छोडिदिनु भयो र कसैलाई भनेमा मार्ने धम्की दिनुभयो।’

     

    उनले ज्यान मार्ने धम्की दिएकाले त्यो दिन कसैलाई भन्न सकिनन् तर घटनाले गर्दा उनी कोहीसँग बोल्न र हिँडडुल गर्न सकिनन्। उनलाई मामा-माइजुले के भएको भनेर पटक-पटक सोधपुछ गरे। उनले त्यो दिन केही बोलिनन्।

     

    १८ गते बिरामी भएको भए अस्पताल लैजान लाग्दा इन्कार गरिन्। त्यसपछि झन किन अस्पताल नजाने भनेर सोधपुछ गर्दा आफूमाथि भएको घटनाबारे सबै जानकारी दिइएको किशोरीले जानकारी दिइन्।

     

    ‘त्यसपछि मामा माइजुसहित प्रहरीकोमा गएका हौं,’ किशोरीले भनिन्, ‘घटना भएको दुई वर्ष बित्दा पनि चितनारायण पक्राउ परेका छैनन्।’

     

    आफूमाथि बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनलाई उनले अनुरोध गरेकी छन्। इन्टरनेट राख्ने घरधनीले पनि चितनारायणलाई कारबाही गर्न माग गरेकी छन्।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.