१८ भदौ २०८२, बुधवार / 03 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रसुवामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला

    • मेराज हास्मी मेराज हास्मी
    • today१७ भदौ २०८२

    काठमाडौं : रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुई जनाको शव फेला परेको छ। फेला परेको एक शव रोप रेस्क्यू विधिबाट निकाल्ने काम भइरहेको छ भने अर्को शव सोही खोलामा स्थानीयले देखेको जानकारी प्राप्त भएको छ।

    Ad
    Ad

    भाद्र १५ गते रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेन्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए। उनीहरू हालसम्म सम्पर्कमा नआएपछि आफन्तले भाद्र १७ गते बिहान जिल्ला प्रहरी कार्यालय रसुवामा खोजीका लागि निवेदन दिएका थिए।

    Ad
    Ad

    सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार निवेदन प्राप्त भएपछि नेपाली सेना श्रीनाथ गण धुन्चेस्थित चेकपोइन्टमा जडान भएको सीसीटीभी फुटेजमा सोही दिन राति करिब १० बजे धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो।

    Ad

    सीसीटीभी फुटेजकै आधारमा उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहबिर नगालको कमान्डमा विपद् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरीसहितको संयुक्त टोली भाद्र १७ गते बिहान परिचालित भएको छ। घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएको देखिएको छ।

    ताजा सूचना

    • छिमेकीको घरमा वाइफाइ चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार, आरोपी फरार
    • सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो
    • सिन्धुलीमा सवारी दुर्घटनाःएक युकको मृत्यु,अर्काको अवस्था गम्भीर
    • आलोकनगरमा प्रचण्ड–माधव भेट: वाम एकता र समाजवादी मोर्चा सक्रियतामाथि छलफल
    • रसुवामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.