३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सिरहाको लहानमा एकै परिवारका आमा र छोरा मृत फेला, आत्महत्याको आशंका

    • बिशाल यादब बिशाल यादब
    • today१७ भदौ २०८२

    सिरहाको लहान नगरपालिका–१ मटियर्वास्थित एक डेरामा एकै परिवारका आमाछोरा मृत अवस्थामा फेला परेका छन्, भने अर्का एक बालक अचेत अवस्थामा उद्धार गरिएको छ।

    Ad
    Ad
    Ad

    लहान–१२ भोटियाटोलका प्रवीण चौधरीकी श्रीमती २३ वर्षीया रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान घरभित्र मृत फेला परेका हुन्। त्यस्तै, नौ महिनाका अर्का छोरा भने अचेत अवस्थामा भेटिएर हाल प्रादेशिक अस्पताल, लहानमा उपचाररत छन्।

    Ad
    Ad
    Ad

    इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानमा रञ्जिताले आफ्ना दुई सन्तानलाई विष खुवाएर आफूले आत्महत्या गरेको आशंका गरिएको छ। डीएसपी राईका अनुसार, “शवको अवस्था हेर्दा घटनाक्रम विष सेवनपछि झुन्डिएर आत्महत्या गरिएको जस्तो देखिन्छ। तर परीक्षणपछि मात्रै पुष्टि हुनेछ।”

    Ad
    Ad
    Ad
    Ad

    घटनाको खुलासा तब भयो जब केही दिनदेखि घरमा कुनै चहलपहल नदेखिएपछि स्थानीयले खुल्ला झ्यालबाट हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखे र प्रहरीलाई खबर गरे।

    प्रहरीका अनुसार मृतक रञ्जिताका श्रीमान् प्रवीण चौधरी पछिल्ला तीनदेखि चार दिनदेखि उक्त डेरामा देखिएका छैनन् र उनी हालसम्म पनि सम्पर्कमा आएका छैनन्। उनी दैनिक मजदुरी गरी परिवार चलाउने गरेका थिए।

    लहान–१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार चौधरी परिवार विगत दुई वर्षदेखि लहान बजार क्षेत्रमा डेरा लिएर बस्दै आएको हो। शवहरू कुहिन थालेको अवस्थामा भेटिएकाले घटना केही दिनअघि नै घटेको अनुमान प्रहरीले गरेको छ।

    हाल घटनाको थप अनुसन्धान भइरहेको छ।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.