३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सिरहाको लहानमा एकै परिवारका आमा र छोरा मृत फेला, आत्महत्याको आशंका

    • बिशाल यादब बिशाल यादब
    • today१७ भदौ २०८२

    सिरहाको लहान नगरपालिका–१ मटियर्वास्थित एक डेरामा एकै परिवारका आमाछोरा मृत अवस्थामा फेला परेका छन्, भने अर्का एक बालक अचेत अवस्थामा उद्धार गरिएको छ।

    Ad
    Ad
    Ad

    लहान–१२ भोटियाटोलका प्रवीण चौधरीकी श्रीमती २३ वर्षीया रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान घरभित्र मृत फेला परेका हुन्। त्यस्तै, नौ महिनाका अर्का छोरा भने अचेत अवस्थामा भेटिएर हाल प्रादेशिक अस्पताल, लहानमा उपचाररत छन्।

    Ad
    Ad
    Ad

    इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानमा रञ्जिताले आफ्ना दुई सन्तानलाई विष खुवाएर आफूले आत्महत्या गरेको आशंका गरिएको छ। डीएसपी राईका अनुसार, “शवको अवस्था हेर्दा घटनाक्रम विष सेवनपछि झुन्डिएर आत्महत्या गरिएको जस्तो देखिन्छ। तर परीक्षणपछि मात्रै पुष्टि हुनेछ।”

    Ad
    Ad
    Ad
    Ad

    घटनाको खुलासा तब भयो जब केही दिनदेखि घरमा कुनै चहलपहल नदेखिएपछि स्थानीयले खुल्ला झ्यालबाट हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखे र प्रहरीलाई खबर गरे।

    प्रहरीका अनुसार मृतक रञ्जिताका श्रीमान् प्रवीण चौधरी पछिल्ला तीनदेखि चार दिनदेखि उक्त डेरामा देखिएका छैनन् र उनी हालसम्म पनि सम्पर्कमा आएका छैनन्। उनी दैनिक मजदुरी गरी परिवार चलाउने गरेका थिए।

    लहान–१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार चौधरी परिवार विगत दुई वर्षदेखि लहान बजार क्षेत्रमा डेरा लिएर बस्दै आएको हो। शवहरू कुहिन थालेको अवस्थामा भेटिएकाले घटना केही दिनअघि नै घटेको अनुमान प्रहरीले गरेको छ।

    हाल घटनाको थप अनुसन्धान भइरहेको छ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.