२४ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ
-
मेराज हास्मी
- today१७ भदौ २०८२
सुर्खेत । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ बस्ने २८ वर्षीय कमल रेग्मीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
रेग्मीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।