२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हैजा नियन्त्रण अभियान : वीरगञ्जमा रेडक्रसद्वारा निःशुल्क किट वितरण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१६ भदौ २०८२

    वीरगञ्ज, १६ भदौ वीरगञ्जमा हालसालै हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज उपशाखाले वडा नं. १५ का बासिन्दालाई हैजाबाट बचाउन निःशुल्क किट वितरण गरेको छ। रेडकसद्वारा वितरण गरिएको किटमा जीवन जल (ORS), साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेट जस्ता सामग्रीहरू समावेश गरिएका छन्। यी सामग्रीहरूले हैजाको उपचार र रोकथाम दुवैमा सहयोग पुर्‍याउने जनाइएको छ। कार्यक्रमका प्रमुख उमेश मिश्र का अनुसार किट वितरणसँगै स्थानीयलाई हैजाबारे सचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको हो। कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले सरसफाइमा ध्यान दिनुपर्ने, हात धुने तरिका, पानी उमालेर पिउनुपर्ने आवश्यकता र खानपानमा अपनाउनु पर्ने सावधानीबारे प्रायोगिक रूपमा जानकारी गराए। नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका स-कोषाध्यक्ष अभिलाष कुमार गुप्ता ले भने, “हैजा फैलन नदिनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वच्छ पानी र सरसफाइ हो। हामीले वितरण गरेका यी सामग्रीहरूले परिवारलाई प्राथमिक तहमै सुरक्षित राख्न मद्दत पुर्‍याउँछन्।” वडा नं. १५ का स्थानीयवासी विकास साह ले भने,“हामी यहाँ हैजाको डरले त्रसित भएका थियौं। समयमै रेडक्रसले आवश्यक सामग्री र जानकारी दिएकोले अब केही हदसम्म ढुक्क भएका छौं।” यसैबीच, स्वास्थ्य कार्यालय पर्साले वीरगञ्जका विभिन्न बस्तीमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको जनाउँदै सतर्क रहन अपिल गरेको छ। चिकित्सकहरूले दूषित पानी सेवन नगर्नु, खुला स्थानमा दिसा नगर्नु र साबुनपानीले नियमित हात धुनु हैजा नियन्त्रणको प्रमुख उपाय भएको औंल्याएका छन्। नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखा सदस्य एवं कार्यक्रम संयोजक दयाशकर सिंह का अनुसार हैजा प्रभावित वा जोखिमयुक्त वडा नं. १४, १५ र १६ मा समेत यस्ता कार्यक्रम विस्तार हुँदैछन्। उनले भने,“नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखालाई ती तीन वडामा किट वितरण र डाटा संकलन गर्ने जिम्मेवारी दिइएको छ।” आजको कार्यक्रममा रेडक्रस सदस्य गुडी कुमारी साह को नेतृत्वमा प्रमोद प्रसाद यादव, अभिलाष गुप्ता, विकास कुमार साह, राजेन्द्र ठाकुर, श्याम महतो, राजु साहलगायतका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.