३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सा–बारा–रौतहटमा सशस्त्र प्रहरीका १६ अधिकृत एकैपटक जिम्मेवारीबाट हटाइए : तस्करी गराएको आरोप

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१५ भदौ २०८२

    काठमाडौं । राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी देखिएपछि सशस्त्र प्रहरी बल, नेपालले एकै पटक १६ जना अधिकृतलाई कमाण्डको जिम्मेवारीबाट हटाएको छ। प्रधान कार्यालयका अनुसार आइतबार मात्रै १ प्रहरी उपरीक्षक (एसपी), १ प्रहरी नायव उपरीक्षक (डीएसपी), ७ प्रहरी निरीक्षक, ६ सई र १ असई गरी कुल १६ जना अधिकृतलाई जिम्मेवारीबाट फिर्ता गरिएको हो। विशेषगरी पर्सा, बारा र रौतहट जिल्लामा खटिएका अधिकारीमाथि निगरानी बढाउँदै कठोर कदम उठाइएको छ। रौतहटको नं. ११ गण गणपति सन्तोष कुमार बस्नेतलाई फिर्ता गरी सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई जिम्मेवारी दिइएको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यसैगरी बारा जिल्लास्थित दक्षिनझिटकैया लगायत विभिन्न बोर्डर आउटपोष्ट (बिओपी) र सुरक्षा वेशमा खटिएका इन्सपेक्टरदेखि सहायक निरीक्षकसम्मलाई जिम्मेवारीबाट हटाइएको छ। पर्सा जिल्लामा समेत बिओपी प्रसौनी भाठ्ठा, बहुअर्वाभाठा र जयमंगलापुरका कमाण्डरहरूलाई फिर्ता गरिएको छ। मुख्यालयले सीमा क्षेत्रमा कार्यरत कमाण्डरहरूलाई सूक्ष्म निगरानीमा राख्दै आएको छ। पर्सा, बारा र रौतहटलाई संवेदनशील मान्दै यस्ता कारबाही गरिएको हो। यसअघि पनि असन्तोषजनक काम गर्ने दर्जनौँ अधिकृतलाई समयमै जिम्मेवारीबाट हटाइएको थियो। मुख्यालयका अनुसार अन्य प्रदेशका गण, गुल्म र बिओपीहरूमा समेत निगरानी बढाइएको छ र कमजोर प्रदर्शन गर्ने अधिकृतहरूलाई कारबाहीमा ल्याइने चेतावनी दिइएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.