२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संघीय शिक्षा ऐन संशोधनको माग गर्दै वीरगञ्जमा गृह मन्त्रीलाई ज्ञापनपत्

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१५ भदौ २०८२

    वीरगञ्ज, १५ भदौ वीरगञ्जमा आज आयोजित एक विशेष कार्यक्रममा निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) पर्साका पदाधिकारीहरूले संघीय सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनका प्रावधानबारे गृह मन्त्री लेखकलाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्। कार्यक्रममा प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीको नेतृत्वमा केन्द्रीय सदस्य छेडुप लामा, वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सल्लाहकार इमामुद्दिन अहमद, सह–सचिव राम बाबु प्रसाद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, कोषाध्यक्ष प्रविन चौधरी, जिल्ला सचिव अशोक सङ्रौला, सन्नी पाख्रीन लगायतका पदाधिकारीहरूको उपस्थिति थियो। उनीहरूले बुझाएको ज्ञापनपत्रमा सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनले निजी विद्यालयलाई बन्द गर्ने प्रावधान राखेको भन्दै आपत्ति जनाइएको छ।प्याब्सनका पदाधिकारीहरूले निजी विद्यालयहरूको अस्तित्व, दिगोपन र शैक्षिक गुणस्तर सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै विधेयक तत्काल संशोधन गर्न माग गरे। ज्ञापनपत्रमा विद्यालय सञ्चालकहरूको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षक–कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने, पाठ्यक्रम व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने र शैक्षिक गुणस्तर उकास्ने खालको प्रावधान राखेर मात्र शिक्षा ऐन ल्याउनुपर्ने उल्लेख गरिएको छ। गृह मन्त्री लेखकले ज्ञापनपत्र ग्रहण गर्दै निजी विद्यालयहरूको योगदानलाई सरकारले सम्मान गर्ने आश्वासन दिएका छन्। साथै उनले विद्यालय सञ्चालकहरूको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.