भवन निर्माणको भुक्तानी नदिएको भन्दै वन निर्देशनालय मधेस प्रदेशमा तालाबन्दी
-
मेराज हास्मी
- today१५ भदौ २०८२
जनकपुरधाम- भवन निर्माण बापतको रकम भुक्तानी नगरेको भन्दै वन निर्देशनालय मधेश प्रदेशमा तालाबन्दी गरिएको छ ।निर्देशनालयको भवन निर्माण भएर सञ्चालन भएको करिब एक वर्ष वित्न लाग्दासमेत निर्माण व्यवयासीको रकम भुक्तानी नपाएको भन्दै तालाबन्दी गरेका छन् ।
राम जानकी निर्माण सेवाले भवन निर्माण गरेको थियो । नवनिर्मित तीनतले भवन भेरिएसनसहित कुल ५ करोड १० लाख ७२ हजार ९९५ रुपैयाँ लागतमा निर्माण भएको छ ।उक्त नवनिर्मित भवनमा २०८१ साउन ३१ गतेदेखि कार्यालय संचालनमा आएपनि करिब ७० देखि ८० लाख रुपैयाँ भुक्तानीको बाँकी रहेको निर्माण कम्पनीको प्रतिनिधि संजिव साहले बताए ।
उनले सो रकमको लागि पटक पटक कार्यालय धाउने गरिएपनि रकम नपाएपछि वाध्य भएर तालाबन्दी गरेको बताए । उनले बाँकी रकमको भक्तानीको लागि निवेदन दिँदै आएपनि यस विषयमा कार्यालय चासो नदिएको आरोप लगाए ।