३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • लिपुलेक हुँदै तय हुने कैलाश मान सरोवर यात्रा सुरु भएकोमा सीसँग खुसी देखिए मोदी

    • बिशाल यादब बिशाल यादब
    • today१५ भदौ २०८२

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका छन्। मोदीले भेटका क्रममा मानसरोवर यात्रा फेरी सुरु भएकोमा खुसी व्यक्त गरे। उनले आफ्नो सम्बोधनको सुरुवातमै मानसरोवर यात्रा फेरि सुरु भएको बताएका थिए।

    Ad
    Ad
    Ad

    मोदीले लिपुलेकको नाम नलिएपनि यो यात्रा लिपुलेक हुँदैअघि बढ्ने भएकाले भारत र चीनबिच यो नाका खोल्ने सहमतिलाई मोदीले सीसँगको भेटका दौरान पनि ‘कुट्नीतीक’ रुपमा सुरुवातमै ‘मानसरोवर’ यात्रा फेरी सुरु भएको बताएका थिए। लगतै उनले दुई देशबीच सिधा हवाइ उडान सुरु हुन लागेको बताए।

    Ad
    Ad
    Ad

    शनिबार मात्रै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सीसँग लिपुलेक नेपालको भएको र यसमा चीन र भारतबिच व्यापारिक सिमा खोल्ने सहमतिको विरोध परराष्ट्र मन्त्रालयले जनाएको थियो। तर चीनको विदेश मन्त्रालयले उनको यो विरोधको बारेमा आफ्नो वेवसाइटमा नेपालले राखेको यो विषयमा एक शब्द पनि उचारण गरेको थिएन।

    Ad
    Ad
    Ad
    Ad

    मोदीले भेटका क्रममा भारत र चीनबिचको सहयोगले २.८ बिलियन मानिसहरुलाई फाइदा पुग्ने भन्दै मानव कल्याणका लागि चीन र भारतबिचको बलियो सम्बन्धले ठूलो योगदान पुग्ने बताए। उनले आपसी विश्वास, सम्मानको आधारमा सम्बन्ध अघि बढाउनका लागि भारत प्रतिवद्ध रहेको समेत बताए।

    प्रधानमन्त्री मोदी ७ वर्षपछि चीन पुगेका हुन्। दुई देशका नेताहरुबीच ५० मिनेट कुरा भएको थियो। पछिल्लो समय अमेरिकाले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएपछि भारत र चीनबीच नाटकीय रुपमा सम्बन्ध सुधार भएको छ।

    मोदीले शंघाई सहयोग संगठनको सफल अध्यक्षताका लागि चीनलाई शुभकामना दिँदै चीन आउने निमन्त्रणा दिएकोमा धन्यवाद दिएका थिए।

    जवाफमा सीले चीन र भारतबिचको प्राचिन सभ्यता रहेको भन्दै विश्वको सर्वाधिक धेरै जनसंख्य भएको दुई देशबीच सहयोग र समन्वय र सद्भाव आवश्यक रहेको बताएका थिए। उनले ग्लोबल साउथमा दुई महत्त्वपूर्ण सदस्य भएको भन्दै मानव विकास र सभ्यता तथा मानव समाजको प्रगतिका लागि दुवै देशको ऐतिहासिक जिम्मेवारी रहेको बताएका थिए। सीले दुवै देश एकअर्काको सफलताका लागि जिम्मेवारीपूर्वक सहयोगी भएर उभिनुपर्ने भन्दै ड्र्यागन र हात्ती एकसाथ अघि बढ्नु पर्ने बताएका थिए।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.