३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुटकेसभित्र महिलाको शव प्रकरण : आरोपी लक्ष्मण पासवान आत्महत्या प्रयास गर्दागर्दै पक्राउ, भिडियोमार्फत स्वीकारे रुबीकाे हत्या आरोप

    • बिशाल यादब बिशाल यादब
    • today११ भदौ २०८२

    रौतहट । रौतहटमा सुटकेसभित्र महिलाको शव भेटिएको घटनामा संलग्न आरोपी लक्ष्मण पासवान आत्महत्या प्रयासका क्रममा पक्राउ परेका छन्।माधवनारायण नगरपालिका–६ माधवपुरका पासवान बिसुनपरवा–मानपुर सडकखण्डमा जलेको अवस्थामा फेला परेका हुन्।

    Ad
    Ad
    Ad

    जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार उनले आफूलाई आफैं जलाएका थिए। घाइते अवस्थामा उद्धार गरी गरुडास्थित अस्पताल पुर्‍याइएको र अहिले त्यहाँ उपचार भइरहेको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

     

    डिएसपी कार्कीका अनुसार पासवान प्रारम्भिक बयानमा हत्याको आरोप स्वीकार गरेका छन्। थप उपचारका लागि उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ।गत शनिबार राति गौर नगरपालिका–९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलवा गेट नजिक सडक किनारमा सुटकेश फेला परेको थियो। भोलिपल्ट सुटकेश खोल्दा २६ वर्षीया रूवीकुमारी साहको शव भेटिएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    भारतको मुजफ्फरपुर घर भएकी साह चार वर्षदेखि रौतहटमा बस्दै आएकी थिइन्। माइती माधवपुर भए पनि उनी गौर नगरपालिका–२ महादेवपट्टिमा बस्दै छोरालाई पढाउँदै आएकी थिइन्।उनका श्रीमान भारतमै रहेका र घटनापश्चात रौतहट आइपुगेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    “रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ,” उनले भिडियोमा भनेका छन्। साथै, पक्राउ परेका रिक्सा चालक निर्दोष रहेको भन्दै उसलाई दोष नदिन पासवानले आग्रह गरेका छन्।

    हाल घाइते अवस्थामा रहेका पासवानको प्रहरी निगरानीमा उपचार भइरहेको छ। 

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.