३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेश प्रदेशमा एसपी राजकुमार सिलवालमाथि ३५ वटा उजुरी, छानबिनका लागि एकैपटक ५ समिति गठन

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१० भदौ २०८२

    जनकपुर– मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराका प्रमुख एसपी राजकुमार सिलवालमाथि आर्थिक अनियमिततासहित विभिन्न गम्भीर आरोप लागेपछि छानबिन गर्न एकैपटक पाँच वटा समिति गठन गरिएको छ।

    Ad
    Ad
    Ad

     

    प्रदेश प्रहरी स्रोतका अनुसार एसपी सिलवालविरुद्ध आर्थिक अनियमितता, चालकहरूसँग अवैध असुली, मापसे नियन्त्रण प्रक्रियामा मनपरी, चोरीका सवारीसाधन गैरकानुनी प्रयोग र मालसामानसम्बन्धी लेनदेनमा अनियमिततासहित पाँचवटा अलग–अलग प्रकृतिका ३५ वटा लिखित उजुरी दर्ता भएका छन्।

    Ad
    Ad
    Ad

     

    हरेक विषयलाई छुट्टै अध्ययन गर्न एसएसपी स्तरका अधिकृतको नेतृत्वमा पाँचवटा समिति गठन गरिएको हो। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा चर्तुवेदीले अनियमितताबारे आएका उजुरी गम्भीर प्रकृतिका रहेकाले औपचारिक छानबिन अघि बढाइएको पुष्टि गरे।

    Ad
    Ad
    Ad
    Ad

     

    ‘छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएका छौं। अहिले छानबिनकै क्रममा रहेकाले थप विवरण खुलाउन सक्दिन’– डीआईजी चर्तुवेदीले बताए।

     

    स्रोतका अनुसार उजुरी पाँचवटा मुख्य शीर्षकमा विभाजन गरिएको छ। त्यसअनुसार एसएसपी कमल थापा, एसएसपी भीम दाहाललगायत पाँच अधिकारीको नेतृत्वमा अलग–अलग समिति बनेका छन्। समितिहरूले सिलवालमाथि परेका उजुरीबारे अनुसन्धान थालेका छन्।

     

    सिलवालमाथि मापसे (मादक पदार्थ सेवन) गरेर सवारी चलाउने चालकलाई जरिवाना गरेर छाड्नु पर्नेमा रातभर नियन्त्रणमा राखेको, रकम असुलेकोजस्ता आरोप लागेका छन्। त्यसैगरी, जरिवाना चिट काटी मापसे नगरेको अर्को चालकको जिम्मामा सवारी छाड्न भन्दा नछाडी रातभर नियन्त्रणमा राखेको भन्दै उजुरी परेको छ। प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएर पनि चालकलाई नछोडेको आरोप छ।

     

    सिलवालमाथि चोरीका सवारी नियन्त्रणमा लिएर सम्बन्धित भन्सार कार्यालयमा बुझाउनु पर्नेमा बुझाउनुभन्दा आफैं प्रयोग गरेको आरोपसमेत छ। सामान्यतया चोरी वा जफत भएका गाडी ट्राफिक महाशाखा वा अनुसन्धान इकाईमार्फत भन्सारमा बुझाउने प्रचलन भए पनि सिलवालले आफुखुसी प्रयोग गरेको उजुरीमा उल्लेख छ।

     

    गत ११ साउनमा सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रक पथलैया चेकपोस्टमा नियन्त्रणमा लिएर ८ लाख रुपैयाँ असुलेर छाडेको गम्भीर उजुरी पनि परेको छ। यसबारेमा समितिले विशेष अनुसन्धान थालेको बताइएको छ।

     

    छानबिन समितिले आरोपबारे लिखित जवाफ पेश गर्न एसपी सिलवाललाई समय तोकेर जानकारी गराइसकेको छ। जवाफ प्राप्त भएपछि समितिहरूले प्रतिवेदन तयार पार्ने र आवश्यक कारबाहीबारे निर्णय हुने प्रहरी स्रोतले जनाएको छ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.