२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिक्षा विधेयकविरुद्ध मधेश प्रदेशमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today९ भदौ २०८२

    वीरगञ्ज, भदौ ९ शिक्षा विधेयक संशोधनको माग गर्दै मधेश प्रदेशभर निजी विद्यालय सञ्चालकहरूले आज पुनः विरोध प्रदर्शन गरेका छन्। प्याब्सन (PABSON), एन–प्याब्सन (NPABSON) तथा हिसान (HISSAN) अन्तर्गतका निजी विद्यालय सञ्चालकहरू राजधानी जनकपुरधामस्थित प्रदेश सभा अगाडि भेला भई नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहको नेतृत्वमा आठ वटै जिल्लाबाट पुगेका विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने भन्दै तत्काल परिमार्जन गर्नुपर्ने माग दोहोर्याएका थिए। प्रदर्शनमा पर्सा जिल्लाबाट ठूलो संख्यामा विद्यालय सञ्चालकहरू सहभागी भएका थिए। प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, एन–प्याब्सनका सल्लाहकार प्रेम यादव र हिसानका जिल्ला अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा विद्यालय सञ्चालकहरूको टोली जनकपुरधाम पुगेको थियो। त्यस्तै, प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधान, सल्लाहकार इमामुद्दिन अहमद, प्याब्सनका पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, संस्थापक सदस्यद्वय लालबाबु पटेल, एन–प्याब्सन बीरगन्जका अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहरलगायतको समेत उल्लेख्य उपस्थिति रहेको थियो। आन्दोलनकारी निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा रहेका केही प्रावधानले निजी विद्यालयहरूलाई ठप्प पार्ने खतरा रहेको भन्दै ती प्रावधान खारेज वा परिमार्जन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले विद्यालयहरूको दिगोपन, शिक्षक–कर्मचारीको हक अधिकार, पाठ्यक्रम व्यवस्थापन र शैक्षिक गुणस्तरलाई ध्यानमा राखी विधेयक पुनर्लेखन गर्नुपर्ने चेतावनी दिएका छन्। निजी विद्यालय सञ्चालकहरूले यसअघि पनि जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय राजधानीमा श्रृंखलाबद्ध रूपमा विरोध प्रदर्शन गर्दै आएका छन्। शिक्षा विधेयकमा मागअनुसार संशोधन नभएसम्म आन्दोलनलाई थप तीव्र बनाइने उनीहरूको चेतावनी छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.