टिप्परको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भिर घाइते
-
मेराज हास्मी
- today८ भदौ २०८२
दाङ- दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्।
मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका–५ बस्ने १९ वर्षीय मोटरसाइकलमा सवार सुशील थापा रहेका छन्। थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन् । उनको भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिए ।
गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतबार बिहान चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।