२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंज स्कुल अफ ल मा बिए एल.एल.बि विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today८ भदौ २०८२

    बिरगंज, ०८ भदौ बिरगंज स्कुल अफ लद्वारा बिए एल.एल.बि प्रथम वर्षमा अध्ययनरत नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नयाँ शैक्षिक सत्रको अवसरमा आयोजित सो कार्यक्रम चितवनको पर्यटकीय क्षेत्र सौराहामा सम्पन्न गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित वरिष्ठ अधिवक्ता मनमोहन तिमल्सेनाले विद्यार्थीहरुलाई स्वागत गर्दै कानूनी क्षेत्रमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको भन्दै विधि–शिक्षा अध्ययनले समाजमा न्याय र समतामूलक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको अध्यक्षता कलेजका सञ्चालक अधिवक्ता चन्द्रिका प्रसाद पटेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य कलेजकी सञ्चालिका सुशिला कुमारी पटेलले प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा कलेजका प्राध्यापक डा. हरेराम ठाकुर, मुक्त भुसाल, अधिवक्ता राजकुमार भुजेल, प्रमोद कुमार पाण्डे 'हेरम्ब' लगायतले आफ्ना विचार व्यक्त गर्दै विद्यार्थीलाई विधि अध्ययनमा गहिरो लगाव र लगनशीलताको आवश्यकता औंल्याएका थिए। उक्त कार्यक्रममा अतिथिहरूमा डेसिमल कलेजका संयोजक अखिलेश पाण्डे,विजय केशरी,धन बहादुर थापा,शषिभुषण साह, संजिव गुप्ता,ज्ञानकिशोर चौधरी,रितिक यादव,बिनोद यादव एवं कलेजका प्राध्यापक, विद्यार्थी तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरुले स्वागतको अवसरमा गीत, कविता वाचन, नाचगान लगायत सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। यस किसिमका कार्यक्रमले नयाँ विद्यार्थीलाई उत्साह र प्रेरणा प्रदान गर्नुका साथै आपसी सम्बन्ध मजबुत बनाउन योगदान गर्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.