२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सा जिल्लामा भूमिहीन र सुकुम्बासीलाई जग्गाको लालपूर्जा वितरणको बाटो खुलेको

    • संजय कुशवाहा संजय कुशवाहा
    • today६ भदौ २०८२

    बिरगंज ०६ भदौ पर्सा जिल्लामा भूमिहीन दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासी ४३ जनालाई जग्गाको लालपूर्जा वितरणका लागि भुमि समस्या समाधान आयोग पर्साले अन्तिम नामावली प्रमाणीकरण गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले पहिलो चरणमा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १, सथवलका ४३ जनाको नामावली प्रमाणीकरण गरेको हो। आयोगका अध्यक्ष तबरिज अहमदले जानकारी दिए अनुसार, ती ४३ जनाको सबै कागजी प्रक्रिया पूरा भएपछि नामावली प्रमाणीकरण गरिएको हो। यस अवसरमा आयोगका सदस्य सचिव दीपक कुमार सिंहले बताए कि प्रमाणीकरण भएका व्यक्तिहरूलाई आगामी आइतबार लालपूर्जा प्राप्तिका लागि थप कागजी प्रक्रिया पूरा गर्न ७ दिने सूचना जारी गरिनेछ। यससँगै जिल्लाका दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीका लागि जग्गा वितरणको बाटो खुलेको अध्यक्ष यादवले बताए। बैठकमा प्रमुख सहभागीहरूमा जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकार विनय श्रीवास्तव, आयोगका विज्ञ सदस्य सन्तोष पासवान, सदस्य शीव नारायण राम, आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख दीपक सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि दीपक पटेल, मालपोत कार्यालय वीरगन्जका नापी प्रमुख लगायत अन्य अधिकारीहरूको उपस्थिती रहेको थियो। यो कदम पर्सा जिल्लाका भूमिहीन र सुकुम्बासी समुदायका लागि आवासीय सुरक्षासँगै समाजिक न्यायको सुनिश्चिततातर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.