२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मेयर सिंहको हस्तक्षेपले काम गर्न नसकिएको प्रजिअ अर्यालको गुनासो।

    • बिशाल यादब बिशाल यादब
    • today६ भदौ २०८२

    सीडीओ अर्यालको आरोप: “मेयर सिंहको हस्तक्षेपका कारण काम गर्न नसकिएपछि सरुवा गराएँ”

    Ad
    Ad
    Ad

    वीरगंज – पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको हस्तक्षेपका कारण आफूले समयावधि नपुग्दै सरुवा गराएको बताएका छन्।

    Ad
    Ad
    Ad

    शुक्रवार गृह मन्त्रालयको निर्णयपछि जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सीडीओ अर्यालले महानगरसँगको समन्वय अभाव र दोहोरो भूमिकाले प्रशासनिक कामकाजमा गम्भीर असर परेको गुनासो गरे।

    Ad
    Ad
    Ad
    Ad

    उनका अनुसार सुरुमा जिल्ला प्रशासन र महानगरबीच केही सहमति भए पनि पछि महानगरले आफ्नै स्वार्थअनुसार निर्णय गर्ने गरेको थियो। उनले भने, "सम्झौतापछि पनि महानगरले फरक निर्णय लिँदा सामाजिक सद्भावमै असर पर्ने अवस्था सिर्जना भयो। त्यसैले काम गर्न कठिन भयो।"

    अर्यालका अनुसार यस्तो परिस्थितिमा मेयरसँग मिलेर काम गर्ने अवस्था नरहेकाले आफूले समयपूर्वै सरुवा माग गरेका थिए। यद्यपि, उनले आफ्नो १० महिनाको कार्यकालमा नागरिक सेवामा कुनै कमी नगरेको दाबी गरे।

    प्रजिअ अर्यालले कार्यालयमा स्थानीय भाषामा सूचना प्रवाहका व्यवस्था र हेल्प डेस्क स्थापना गरेर सेवा सरल बनाएको उल्लेख गरे। भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकहरूलाई अनावश्यक झमेलाबाट जोगाउन ‘एकीकृत सुरक्षा प्रणाली’ लागू गर्ने योजना पनि रहेको उनले बताए। तर, वीरगञ्ज भन्सार कार्यालयका कारण त्यो योजना कार्यान्वयन गर्न नसकेको उनको भनाइ थियो।

    गत वर्ष कार्तिकको दोस्रो साता पर्सा आइपुगेका अर्याल अब अर्को जिल्लामा स्थानान्तरण हुने भएका छन्।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.