२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शंकास्पद रूपमा लुकाइ राखिएको १४ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today६ भदौ २०८२

    वीरगंज, ०६ भदौ – पर्सा प्रहरीले शंकास्पद तरिकाले मोटरसाइकलमा लुकाइ राखिएको नगदसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट स्रोत नखुलेको रु १४ लाख १३ हजार ५ सय नगद फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

    Ad
    Ad
    Ad

    बिहीवार साँझ वीरगंज महानगरपालिका–२, घुसुकपुर इदगाह चोक नजिकै रोकिन पुगेका दुईवटा मोटरसाइकलमा प्रहरीले चेकजाँच गर्दा उक्त रकम फेला परेको हो। भारतको नम्बर प्लेट BR05 AB 7761 र प्रदेश २-०३-००२ प ५५४४ नम्बरको मोटरसाइकलमा फल्स सिलिङ बनाइ रकम लुकाइएको अवस्थामा भेटिएको हो।

    Ad
    Ad
    Ad

    पक्राउ पर्नेमा वीरगंज–२, घुसुकपुरका ३९ वर्षीय संजय कुमार साह र बाराको महागढीमाई नगरपालिका–४, बगडमपुरका ४१ वर्षीय शनिकुमार ठाकुर रहेका छन्। उनीहरूको साथबाट रु १ हजार दरका १ हजार थान र रु ५ सय दरका ८२७ थान गरी कुल रु १४ लाख १३ हजार ५ सय बरामद गरिएको हो।

    Ad
    Ad
    Ad
    Ad

    नगदको स्रोत नखुलेपछि उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत, पर्साबाट ५ दिनको म्याद लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.