२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पौने दुई करोड रुपैयाँ बराबरको भन्सार छली गरिएको भेपसहित एक भरिया पक्राउ, मालिकको खोजीमा प्रहरी सक्रिय

    • बिशाल यादब बिशाल यादब
    • today६ भदौ २०८२

    रूपन्देहीमा भन्सार छलेर ल्याइएको करिब पौने दुई करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सामानसहित भरियालाई नियन्त्रणमा लिएको भए पनि वास्तविक मालिकको खोजी जारी छ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित इलाकाबाट प्रहरीले शङ्कास्पद अवस्थामा रहेको लु.२ च ६३०३ नम्बरको पिकअप गाडी जाँच गर्दा अवैध रूपमा ल्याइएका भेप र सम्बन्धित सामग्रीहरू फेला पारेको हो।

    Ad
    Ad
    Ad

     

    इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले उक्त गाडी रोकेर जाँच गर्दा कुनै पनि बील-बिजक नपाई अवैध रूपमा भन्सार छलिएको करिब १ करोड ७१ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।गाडी चालक मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँ पक्राउ परेका छन्। उनी केवल सामान पुर्‍याउने भरिया भएको र आफूलाई १५ सय रुपैयाँ भाडा दिइने सहमति भएको जानकारी दिएका छन्। सामान कसको हो भन्ने विषयमा भने उनले जानकारी नभएको बताएका छन्।बरामद सामग्रीमा विभिन्न ब्रान्डका ५८६१ थान इलेक्ट्रोनिक भेप, २७ कार्टुन फ्लेभर, इलेक्ट्रिक मिक्सचर, प्लास्टिक प्याकेजिङ मेसिन तथा प्याक गर्ने प्लास्टिकहरू रहेका छन्।

    Ad
    Ad
    Ad

     

    पक्राउ परेका चालक, गाडी र बरामद सामग्रीहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रूपन्देही पठाइएको छ। प्रहरीले भेप कारोबारमा संलग्न मुख्य व्यक्ति वा समूहको पहिचान गर्न थप अनुसन्धान गरिरहेको जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.