२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today६ भदौ २०८२

    वीरगञ्ज,०६ पर्सा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक प्रहरी पदाधिकारी, कर्मचारी तथा उद्योगी–व्यवसायीबीच भएको मैत्रीपूर्ण फुटबल खेल वीरगञ्जमा सम्पन्न भएको छ। ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर–१०, पर्साको संयुक्त आयोजनामा कुशेऔंसी बुबाको मुख हेर्ने दिनको अवसरमा सामाजिक एकता, आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउन खेलाडी भावना जगाउने उद्देश्यले फुटबल खेल आयोजना गरिएको हो। मैत्रीपूर्ण खेल वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्श रंगशालामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थितिले उत्साह थपिएको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इन्नोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईँ, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईँ,बिरगंज भारतिय दूतावासका राजदुत डिएस मिना,रुंगटा वेल्फेयर सोसाइटी वीरगञ्जका अध्यक्ष सुरेश रुंगटा, समाजिक अभियन्ता दिलीप कार्की, सञ्चारकर्मी धिरज दारुका र हिमाल लम्साल लगायतका अतिथिहरूको विशेष उपस्थिति रहेको थियो। समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्ध अझ प्रगाढ बनाउनका लागि गरिएको यस मैत्रीपूर्ण खेललाई सबै सहभागीहरूले सकारात्मक कदमको रूपमा लिएका छन्। उक्त खेलमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरकाले जित हासिल गरेका थिए। ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको नेतृत्वमा खेल सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.