३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णले आधा दर्जन आफन्त भर्ना गरेकाे खुलासा

    • बिशाल यादब बिशाल यादब
    • today५ भदौ २०८२

    वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले आफ्ना आफन्तलाई करार सेवाको कर्मचारीमा नियुक्त गरेको फेला परेको छ। केही महिनाअगाडि प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरको कर्मचारीमा आफ्नो साला र सालाकी श्रीमतीसहितका आफन्तलाई नियुक्त गरेको फेला परेको हो । 

    Ad
    Ad
    Ad

     

    कर्मचारी स्रोतका अनुसार उनले आफ्नो साला शम्भुकुमार कर्णलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेका छन् । अहिले उनी नगर उपप्रमुखको सचिवालयमा कार्यरत छन् । यस्तै, प्रमुख प्रशासकीय अधिकृत कर्णले आफ्नो सालाकी श्रीमतीलाई शिक्षक पदमा नियुक्त गरेको महानगरकै कर्मचारीहरूले जनाएका छन्। केही महिनाअगाडि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्णले अहिले पदको दुरुपयोग गर्दै आफन्त र नातागोतालाई जागिर दिन थालेका छन्। 

    Ad
    Ad
    Ad

     

    यस्तै, प्रमुख प्रशासकीय अधिकृतले अर्को आफन्त अर्चना कर्णलाई नियुक्त गरेका छन्। उनी अहिले प्रमुख प्रशासकीय अधिकृतकै सचिवालयमा कार्यरत रहेकी छिन्। यसअघि उनी बहिरा विद्यालयमा कार्यरत थिइन् । प्रशासकीय अधिकृत कर्णले अर्को आफन्त राजेन्द्रकुमार कर्णलाई पनि नियुक्त गरेका छन् । राजेन्द्रलाई आन्तरिक लेखा परीक्षक पदमा नियुक्त गरेका छन् । अहिले उनी आन्तरिक परीक्षक शाखामा कार्यरत छन् । 

    Ad
    Ad
    Ad
    Ad

     

    केही महिनाअगाडि महानगरपालिकाका नगरप्रमुख र उपप्रमुखको अग्रसरतामा कर्मचारी नियुक्त गर्ने सहमति भएपछि उनले पनि आफ्नो भागमा कर्मचारी कोटा लिएको कर्मचारी स्रोत बताउँछ । उनले आफ्नो भागमा परेका केही कर्मचारीको कोटा आर्थिक लेनदेन गर्दै बेचेको पनि उनीनिकट भएर काम गरेका कर्मचारीहरू बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत कर्ण विगत सात वर्षदेखि महानगरपालिका कार्यालयमै कार्यरत रहेका छन् ।

     

    उनी यसअघि शैक्षिक प्रशासन महाशाखाका प्रमुखको जिम्मेवारीमा थिए । पछिल्लो समयमा वीगन्ज महानगरपालिका कार्यालयमा कामको आवश्यकताअनुसारको कर्मचारी नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।

     

    श्रोत :- नयाँपत्रिका डेली

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.