६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • टिपिएस खारेज गर्ने ट्रम्पका पक्षमा पुनरावेदन अदालतको फैसला, ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने

    • बिशाल यादब बिशाल यादब
    • today५ भदौ २०८२

    अन्तत टिपिएस खारेज गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयलाई अमेरिकाको संघीय पुनरावेदन अदालतले सदर गरिदिएको छ। ट्रम्प प्रशासनले नेपालीलगायत निकारागुआ, होन्डुरस लगायतका नागरिकको टीपीएस समाप्त गर्ने निर्णयलाई अब कार्यन्वयन गर्ने बाटो खुल्ला भएको हो।

    Ad
    Ad
    Ad

    गत महिना तल्लो अदालतले तीन देशहरूको लागि टिपिएस समाप्त गर्न ट्रम्प प्रशासनलाई कम्तिमा नोभेम्बर १८ सम्म रोक लगाएको थियो । तर बुधबार पुनरावेदन अदालतले त्यो फैसलालाई स्थगित गरिदिएको हो।

    Ad
    Ad
    Ad

    गत महिनाको फैसलाअघि ट्रम्प प्रशासनले अगस्ट ५ मा नेपालको लागि र सेप्टेम्बरको सुरुमा निकारागुआ र होन्डुरसको लागि टीपीएस समाप्त गर्न खोजेको थियो। बुधबारको पुनरावेदन अदालतको फैसलापछि करिब ७ हजार नेपालीहरु स्वेदश फर्किनुपर्ने भएको छ।

    Ad
    Ad
    Ad
    Ad

    अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेकोमा युएससीआईएसले उक्त आदेश मान्दै नेपालीका वर्क परमिटका अवधि नोभेम्बर १८ सम्मका लागि लम्बाएको थियो। तर न्यायाधीशले गरेको फैसलासँग डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी पूर्ण रूपमा असहमत रहेको उल्लेख गरेको थियो।

    तल्लो अदालतले नोभेम्बर १८, २०२५ मा नेशनल टिपिएस एलायन्स र सात व्यक्तिगत वादीहरूले जुलाई ७, २०२५ मा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेका थिए। मुद्दा दायर भएसँगै होन्डुरस, नेपाल र निकारागुआका नागरिकहरूको लागि टिपिएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय तत्काल कार्यान्वयन हुन पाएको थिएन।

    के हो टिपिएस?
    अमेरिकाको आप्रवासन प्रणाली अन्तरगत विशेष परिस्थितिमा काम गर्न र वसोबास गर्न दिइने विशेष सुविधा हो टिपिएस। यो सुविधा पाएका निश्चित देशका नागरिकहरुलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न र परिस्थिति अनुसार अन्तरदेशीय यात्रा गर्न समेत अनुमति प्राप्त हुन्छ। यो सुविधालाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) अन्तरगत रहेको अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले व्यवस्थापन गर्छ।

    यो सुविधा त्यस्ता देशका नागरिकहरुलाई दिइन्छ, जहाँ आन्तरिक वा बाह्य युद्ध, प्राकृतिक विपद् वा अन्य किसिमका गम्भीर मानवीय संकट आइपरेको छ। र, त्यहाँ उनीहरुको सामान्य जीवन सम्भव छैन। त्यहाँ उनीहरुलाई सुरक्षाको जोखिम रहेको मानिन्छ।

    यो सुविधा पाएका व्यक्तिहरुलाई अमेरिकी भूमिबाट निष्कासन गरिँदैन भने उनीहरूलाई वैध रूपमा काम गर्ने अनुमति पनि दिइन्छ। यद्यपि, यो स्थायी बसोबासको सुविधा भने होइन । यसबारे लेखिएको सूचनामा नै निश्चित अवधि समाप्त भएपछि सम्बन्धित व्यक्ति अमेरिकामा बस्न योग्य नभए फर्किनुपर्ने भनिएको छ।

    नेपालीहरुले पछिल्लो पटक २०१५ मा गएको शक्तिसाली भूकम्पका कारण देखाएर टिपीएस सुविधा प्राप्त गरेका थिए। त्यसअघि पनि युद्ध र विभिन्न हिंसाको कारण देखाएर मानिसहरु अमेरिकामा रहने गरेका थिए।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.