पर्सा बाट सि डि ओ गणेष अर्यालको सरुवा, तोय नारायण सुवेदी आउँदै
-
मेराज हास्मी
- today४ भदौ २०८२
वीरगञ्ज । गृह मन्त्रालयमा अभूतपूर्व पैसाचाल भएको छ। गृहमन्त्री रमेश लेखकले एकैपटक २० सहसचिव र २४ उपसचिवको सरुवा गर्दै मुलुकका प्रमुख जिल्ला अधिकारीहरू समेत हेरफेर गर्नुभएको छ।
यस सरुवाले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मन्त्रालयमा तानिएको छ भने उनको स्थानमा पाल्पाका सिडिओ तोय नारायण सुवेदी पठाइएका छन्। काठमाडौँमा पनि ठूलो परिवर्तन भएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयमा खटाइएपछि प्रशासन महाशाखा प्रमुख छविलाल रिजाईलाई काठमाडौं सिडिओको जिम्मेवारी दिइएको छ।
त्यस्तै, आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख जयनारायण आचार्यलाई प्रशासन महाशाखामा पठाइएको छ। एकैपटक भएको यस सरुवाले गृहमन्त्रालयसहित पर्सा र उपत्यकाका प्रशासनिक नेतृत्वमा नयाँ पाना पल्टिएको टिप्पणी गरिँदैछ।
गृहमन्त्रालयमा ठूलो पैसाचाल, एकैपटक ४४ अधिकारी सरुवा – पर्सा, काठमाडौंसहित प्रमुख जिल्ला अधिकारी हेरफेर
गृहमन्त्री रमेश लेखकको निर्णयले उच्च तहका २० सहसचिव र २४ उपसचिव सरुवा, पर्सादेखि उपत्यका प्रशासन नेतृत्वमा ठूलो परिवर्तन