३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी आईजीपी अर्यालको निर्देशन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today४ भदौ २०८२

    बीरगञ्ज, भाद्र ४ – सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणमा कुनै पनि प्रकारको कमजोरी सह्य नहुने चेतावनी दिएका छन्। मंगलबार प्रधान कार्यालयमा भर्चुअल बैठकमार्फत सीमा क्षेत्रमा खटिएका सबै तहका कमान्डरलाई निर्देशन दिँदै उनले “कमजोरी देखिए कमान्डर स्वयं कारबाहीको दायरामा पर्नेछन्” भन्ने कडा सन्देश दिएका हुन्। आइजिपी अर्यालले जिम्मेवारी, अनुशासन र जवाफदेहीमा सम्झौता नगर्न आदेश दिँदै चेन अफ कमान्डलाई मजबुत बनाउन सबै अधिकारी सतर्क रहनुपर्नेमा जोड दिए। “हरेक कमान्डर मुलुक, आमजनता र संगठनको हितमा विवेकपूर्ण निर्णय लिन स्वतन्त्र छन्, सही कार्यका लागि मुख्यालयको आदेश कुर्नु पर्दैन,” उनले स्पष्ट पारे। सीमा सुरक्षाकर्मीलाई निर्धारित आचरणअनुसार काम गर्न निर्देशन दिँदै अर्यालले आचरण विपरीत गतिविधि गर्नेहरूमाथि कठोर कारबाही हुने चेतावनी पनि दिए। शंकास्पद गतिविधिमाथि विशेष निगरानी, अवैध आवतजावत रोकथाम र सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन उनले आदेश दिए। बैठकमा सीमा सुरक्षा विभाग प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजिपी) गणेशबहादुर ठाडामगरले स्थानीय बासिन्दासँग सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। “स्थानीयको विश्वास जित्न सके मात्र सीमा सुरक्षामा दिगो सफलता हासिल हुन्छ,” भन्दै उनले जनस्तरसँगको समन्वय बलियो बनाउन निर्देशन दिए। बैठकमा सीमावर्ती बाहिनी प्रमुखहरूले हालको गतिविधि र सुरक्षासम्बन्धी कार्ययोजना प्रस्तुत गरे भने गण, गुल्म र बिओपी कमान्डरहरूले देखिएका चुनौती र आगामी योजनाबारे विस्तृत जानकारी दिए। सशस्त्र प्रहरी बलले बैठकमा प्राप्त निर्देशन र सुझावलाई कार्यान्वयन गर्दै चोरी–तस्करी नियन्त्रण र अवैध आवतजावत रोकथाममा थप सुदृढ तयारी गर्ने जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.