२३ भदौ २०८२, सोमबार / 08 September 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी आईजीपी अर्यालको निर्देशन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today४ भदौ २०८२

    बीरगञ्ज, भाद्र ४ – सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणमा कुनै पनि प्रकारको कमजोरी सह्य नहुने चेतावनी दिएका छन्। मंगलबार प्रधान कार्यालयमा भर्चुअल बैठकमार्फत सीमा क्षेत्रमा खटिएका सबै तहका कमान्डरलाई निर्देशन दिँदै उनले “कमजोरी देखिए कमान्डर स्वयं कारबाहीको दायरामा पर्नेछन्” भन्ने कडा सन्देश दिएका हुन्। आइजिपी अर्यालले जिम्मेवारी, अनुशासन र जवाफदेहीमा सम्झौता नगर्न आदेश दिँदै चेन अफ कमान्डलाई मजबुत बनाउन सबै अधिकारी सतर्क रहनुपर्नेमा जोड दिए। “हरेक कमान्डर मुलुक, आमजनता र संगठनको हितमा विवेकपूर्ण निर्णय लिन स्वतन्त्र छन्, सही कार्यका लागि मुख्यालयको आदेश कुर्नु पर्दैन,” उनले स्पष्ट पारे। सीमा सुरक्षाकर्मीलाई निर्धारित आचरणअनुसार काम गर्न निर्देशन दिँदै अर्यालले आचरण विपरीत गतिविधि गर्नेहरूमाथि कठोर कारबाही हुने चेतावनी पनि दिए। शंकास्पद गतिविधिमाथि विशेष निगरानी, अवैध आवतजावत रोकथाम र सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन उनले आदेश दिए। बैठकमा सीमा सुरक्षा विभाग प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजिपी) गणेशबहादुर ठाडामगरले स्थानीय बासिन्दासँग सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। “स्थानीयको विश्वास जित्न सके मात्र सीमा सुरक्षामा दिगो सफलता हासिल हुन्छ,” भन्दै उनले जनस्तरसँगको समन्वय बलियो बनाउन निर्देशन दिए। बैठकमा सीमावर्ती बाहिनी प्रमुखहरूले हालको गतिविधि र सुरक्षासम्बन्धी कार्ययोजना प्रस्तुत गरे भने गण, गुल्म र बिओपी कमान्डरहरूले देखिएका चुनौती र आगामी योजनाबारे विस्तृत जानकारी दिए। सशस्त्र प्रहरी बलले बैठकमा प्राप्त निर्देशन र सुझावलाई कार्यान्वयन गर्दै चोरी–तस्करी नियन्त्रण र अवैध आवतजावत रोकथाममा थप सुदृढ तयारी गर्ने जनाएको छ।

    ताजा सूचना

    • दर्ता प्रक्रियामा आएनन् विदेशी कम्पनी: सरकार कठोर, सडक तात्दै
    • सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध परेका रिट दर्ता गर्न अस्वीकार
    • ‘जेन-जी’को आन्दोलनलाई बालेनसहित क-कसले गरे समर्थन?
    • १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ।
    • आफ्नो फेसबुक पेज हटाएपछि मेटाविरुद्ध अमेरिकी वकिल मार्कले हाले मुद्दा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.